काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको नेतृत्व गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको तलबको विषयमा बेलाबखत बहस हुन्छ । अन्य क्षेत्रको तुलनामा बैंकिङ पारदर्शी हुने भएकोले पनि बैंकरको तलब जस्ताको त्यस्तै वित्तीय प्रतिवेदनमा उल्लेख गरिन्छ । उसो त अन्य क्षेत्रका कार्यकारी प्रमुख तथा सीईओहरुले पनि करोडको हाराहारीमै तलब बुझ्ने गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा १२ वटा बैंकका सीईओ तलब भत्ता बढ्दा ८ वटा सीईओको भने घटेको देखिन्छ ।
१, गोरख राणा
हाल गोरख राणा स्ट्याण्डर्ड चार्टर्ड बैंकका सीईओ हुन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक बर्ष २०८०/८१ मा सीईओको लागि तलब, भत्ता तथा बोनस बापत ८ करोड ५१ लाख ९८ हजार ९९१ रुपैयाँ भुक्तानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १३१.४३ प्रतिशत अर्थात् ४ करोड ८३ लाख ८५ हजार रुपैयाँ बढी हो । विदेशी लगानीमा सञ्चालित यस बैंकका सीईओको तलब बैंकिङ क्षेत्रकै सबैभन्दा उच्च र गत वर्ष सर्वाधिक वृद्धि भएको हो ।
बैंकले अघिल्लो आर्थिक बर्ष २०७९/८० मा सीईओलाई तलब, भत्ता तथा बोनस बापत ३ करोड ६८ लाख १३ हजार ७०९ रुपैयाँ (कर बाहेक) भुक्तानी गरेको थियो । हाल बैंकको सीईओमा गोरख गोरख शमशेर राणा कार्यरत भएपनि उक्त तलब भत्ता पूर्वसीईओ अनिर्वाण घोष दास्तिदारले बुझेका हुन् ।
२, सुदेश खालिङ
नेपाली बैंकिङ क्षेत्रमा सीईओ खालिङको पृथक पहिचान छ । विदेशी लगानी समेत रहेको एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ बनेर उनले बैंकलाई एउटा उचाइमा पुर्याएका छन् । अहिले बैंकिङ क्षेत्रमा खराब कर्जा बढ्दा उनले मात्रै न्यूनतम बिन्दुमा बैंकको खराब कर्जा राखेका छन् । उनी एक अब्बल व्यवस्थापकका रुपमा बैंकिङ क्षेत्रमा चिनिएका छन् ।
एभरेष्ट बैंकले सीईओ खालिङलाई गत वर्ष ७ करोड ३६ लाख ६५ हजार १२३ रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा गत वर्ष २९.०८ प्रतिशत अर्थात् ३२ लाख रुपैयाँ बढेको देखिन्छ । अघिल्लो वर्ष बैंकले सीईओ खालिङलाई ५ करोड ७० लाख ६५ हजार ६१ रुपैयाँ तलब भुक्तानी गरेको थियो ।
३, ज्योति प्रकाश पाण्डे
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सीईओ ज्योति प्रकाश पाण्डेलाई ४ करोड १२ लाख ४९ हजार १५७ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब बापत १ करोड ६० लाख ७६ हजार ५२ रुपैयाँ, भत्ता बापत १ करोड ७ लाख १७ हजार ३५६ रुपैयाँ, दशैँ भत्ता बापत २२ लाख ३३ हजार ७८४ रुपैयाँ, सञ्चय कोष बापत १६ लाख ७ हजार ६०५ रुपैयाँ र बोनस बापत १ करोड ६ लाख १५ हजार ३६० रुपैयाँ प्रदान गरेको छ ।
अघिल्लो वर्ष २०७९/८० मा सीईओलाई ५ करोड ३७ लाख ९ हजार ५४० रुपैयाँ भुक्तानी गरेको थियो । जसमा तलब बापत १ करोड ६० लाख ७६ हजार ५२ रुपैयाँ, भत्ता बापत १ करोड ७ लाख १७ हजार ३५६ रुपैयाँ, दशैँ भत्ता बापत २२ लाख ३३ हजार ७८४ रुपैयाँ, सञ्चय कोष बापत १६ लाख ७ हजार ६०५ रुपैयाँ, बोनस बापत १ करोड ६४ लाख ६९ हजार १४६ रुपैयाँ र बिदाबापत ६६ लाख ६ हजार ५९७ रुपैयाँ प्रदान गरेको थियो ।
४, अशोक शेरचन
प्रभु बैंकले सीईओ अशोक शेरचनलाई गत वर्ष ३ करोड ९४ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब भत्ता बापत ३ करोड १२ लाख ३१ हजार रुपैयाँ, कर्मचारी बोनस बापत ३५ लाख ३४ हजार रुपैयाँ र दशै तथा बिदा वापत भत्ता बापत ४६ लाख ६७ हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । तलव र भत्ता बाहेक सीईओलाई ईन्धन र मर्मत सम्भार सहित सवारी साधन, दुर्घटना बीमा, औषधोपचार बीमाको व्यवस्था गरिएको छ । साथै मोवाइल फोनको भुक्तानी गर्ने व्यवस्था समेत बैंकले गर्ने गरेको छ ।
अघिल्लो वर्ष बैंकले सीईओलाई ४ करोड ७ लाख रुपैयाँ भुक्तानी गरेको थियो । जसमा तलबबापत २ करोड ९६ लाख ८५ हजार रुपैयाँ, कर्मचारी बोनस बापत ६४ लाख ५४ हजार रुपैयाँ र दशैँ तथा बिदा बापत भत्ता ४५ लाख ६७ रुपैयाँ भुक्तानी गरेको थियो ।
५, रोशन कुमार न्यौपाने
बैंकिङ क्षेत्रमा कान्छो सीईओकाे परिचय बनाएका रोशन न्यौपाने एनआईसी एशिया बैंकका सीईओ हुन् । एनआईसी एशिया बैंकले सीईओ न्यौपानलाई गत वर्ष ३ करोड ५५ लाख ८७ हजार १९१ रुपैयाँ भुक्तानी गरेको छ ।
जसमा तलब भत्ता बापत २ करोड ८८ लाख ९४ हजार ६३५ रुपैयाँ, कर्मचारी बोनस बापत ६४ लाख ५६ हजार ५८३ रुपैयाँ, अन्य रकम बापत ९१ हजार ५ सय रुपैयाँ र अन्य सुविधा बापत १ लानख ४४ हजार ४७३ रुपैयाँ प्रदान गरिएको छ । अन्य सुविधा अन्तर्गत एक सवारी साधन तथा सवारी चालक सहित, बीमा, कर, मर्मत संभार लगायतका खर्च बैंकले प्रदान गरेको हो ।
अघिल्लो वर्ष २०७९/८० मा बैंकले सीईओलाई २ करोड ९८ लाख ६३ हजार ६१२ रुपैयाँ भुक्तानी गरेको थियो । जसमा कूल वार्षिक तलब, भत्ताबापत २ करोड ४० लाख ८८ हजार ९६६ रुपैयाँ, कर्मचारी बोनस बापत ५५ लाख ३७ हजार ६९ रुपैयाँ, अन्य रकम १ लाख १७ हजार १३२ रुपैयाँ, अन्य सुविधा बापत १ लाख २० हजार ४४५ रुपैयाँ प्रदान गरिएको थियो ।
६, रामचन्द्र खनाल
कुमारी बैंकले गत वर्ष सीईओ रामचन्द्र खनाललाई २ करोड ६५ लाख ५९ हजार ८२९ रुपैयाँ भुक्तानी गरेको छ । उक्त तलब भत्ता बैंकका पूर्वसीईओ रमेशराज अर्याल र हाल कार्यरत सीईओ रामचन्द्र खनाललाई प्रदान गरिएको हो । बैंकले पूर्वसीईओ अर्याललाई १ करोड ३७ लाख ५१ हजार ४६५ रुपैयाँ र सीईओ खनाललाई १ करोड ३७ लाख ५१ हजार ४६५ रुपैयाँ भुक्तानी गरेको छ ।
अघिल्लो वर्ष बैंकले सीईओलाई २ करोड ४२ लाख ९ हजार १५३ रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको थियो । जसमा पूर्वसीईओ अर्याललाई १ करोड ४९ लाख १० हजार ९२९ रुपैयाँ र सीईओ खनाललाई ९२ लाख ९८ हजार २२४ रुपैयाँ प्रदान गरिएको थियो ।
७, सुनिल केसी
एनएमबि बैंकले सीईओ सुनिल केसीलाई गत वर्ष तलब तथा पारिश्रमिक बापत २ करोड ४१ लाख ५८ हजार ७२५ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलबबापत ९० लाख रुपैयाँ, सञ्चय कोषबापत ९ लाख रुपैयाँ, भत्ता बापत ८५ लाख रुपैयाँ, बोनस तथा वेल्फेयरबापत ५७ लाख १३ हजार ७२५ रुपैयाँ र अन्यबापत ४५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा तलब तथा पारिश्रमिकबापत २ करोड ४८ लाख १८ हजार ५८९ रुपैयाँ भुक्तानी गरेको थियो । जसमा तलबबापत ९० लाख रुपैयाँ, सञ्चय कोषबापत ९ लाख रुपैयाँ, भत्ता बापत ८५ लाख रुपैयाँ, बोनस तथा वेल्फेयरबापत ६३ लाख ३६ हजार ३९० रुपैयाँ र अन्यबापत ८२ हजार १९९ रुपैयाँ भुक्तानी गरेको थियो ।
८, ज्ञानेन्द्रप्रसाद ढुंगाना
ज्ञानेन्द्रप्रसाद ढुंगाना नबिल बैंकका सीईओ हुन् । नबिल बैंकले सीईओ ढुंगानालाई गत वर्ष २ करोड ३६ लाख ५ हजार ७८३ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । उनले खुद तलबबापत् १ करोड ३२ लाख ५३ हजार २२६ रुपैयाँ, अन्य लाभ तथा सुविधाबापत ९५ लाख ५७ हजार ३६३ रुपैयाँ र निवृत्त लाभबापत ७ लाख ९५ हजार १९४ रुपैयाँ बैंकबाट बुझेका हुन् ।
अघिल्लो वर्ष भने बैंकले सीईओलाई १ करोड ५९ लाख २० हजार ६३३ रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको थियो । जसमा खुद तलबापत् ७९ लाख २० हजार रुपैयाँ, अन्य लाभबापत ७२ लाख ८ हजार ६३३ रुपैयाँ र निवृत्त लाभबापत ७ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष सीईओ ढुंगानाको तलब भत्ता ४८.२७ प्रतिशत अर्थात् ७६ लाख ८५ हजार रुपैयाँ बढेको हो ।
९, अशोक राणा 
हिमालयन बैंकले सीईओ अशोक राणालाई गत वर्ष २ करोड १५ लाख २ हजार ३२९ रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको छ । जसमा तलबबापत १ करोड ८६ लाख रुपैयाँ, भत्ताबापत १५ लाख ५० हजार रुपैयाँ, टेलिफोन तथा मोबाइल खर्चबापत १३ लाख ४० हजार ३१ रुपैयाँ र विविधबापत १२ हजार २९८ रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ ।
अघिल्लो वर्ष बैंकले सीईओलाई २ करोड १४ लाख ६८ हजार २५९ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । जसमा तलबबापत १ करोड ८६ लाख रुपैयाँ, भत्ताबापत १५ लाख ५० हजार रुपैयाँ, टेलिफोन तथा मोबाइल खर्चबापत १३ लाख ५ हजार ९६१ रुपैयाँ र विविधबापत १२ हजार २९८ रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ ।
१०, अजय बिक्रम शाह
लक्ष्मी सनराइज बैंकले सीईओ अजय विक्रम शाहलाई गत वर्ष १ करोड ९४ लाख ८४ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब तथा भत्ताबापत १ करोड ५५ लाख ८५ हजार रुपैयाँ र अन्य सुविधाबापत ३८ लाख ९९ हजार रुपैयाँ प्रदान गरिएको हो ।
अघिल्लो वर्ष बैंकले सीईओलाई १ करोड ७२ लाख ६३ हजार रुपैयाँ तलब भुक्तानी गरेको थियो । जसमा तलब तथा भत्ता बापत १ करोड ४५ लाख ११ हजार रुपैयाँ र अन्य सुविधाबापत २७ लाख ५२ हजार रुपैयाँ प्रदान गरिएको थियो । बैंकका अनुसार अन्य सुविधा अन्तर्गत गत वर्षको कर्मचारी बोनस समावेश गरिएको छ ।
११, सन्तोष कोइराला
कोइराला माछापुच्छ्रे बैंकका सीईओ हुन् । उनी अहिले नेपाल बैंकर्स संघकाे अध्यक्ष पनि बनेका छन् । माछापुच्छ्रे बैंकले सीईओ कोइरालालाई गत वर्ष १ करोड ८६ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
जसमा तलबबापत ७४ लाख १९ हजार रुपैयाँ, भत्ताबापत ६७ लाख २० हजार रुपैयाँ, सुविधाबापत १६ लाख ३४ हजार रुपैयाँ र बोनसबापत २९ लाख ७ हजार रुपैयाँ प्रदान गरिएको छ ।
बैंकको स्वीकृत नियमानुसार कर्मचारीहरुलाई उपलब्ध गराईएको दुर्घटना तथा औषधोपचार खर्चको बिमा प्रिमियम बैंकले ब्यहोर्दै आएको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई १ करोड ५४ लाख ८१ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा भुक्तानी गरेको थियो ।
१२, सञ्जीव मानन्धर
प्राइम कमर्सियल बैंकले गत वर्ष सीईओ सञ्जीव मानन्धरलाई १ करोड ७१ लाख ९६ हजार २२९ रुपैयाँ भुक्तानी गरेको छ । जसमा उनलाई तलब बापत ८१ लाख ९१ हजार ४१९ रुपैयाँ, भत्ता बापत ६१ लाख ८५ हजार ६६८ रुपैयाँ, दशैँ भत्ताबापत १२ लाख रुपैयाँ र सञ्चय कोषबापत ८ लाख १९ हजार ४२ रुपैयाँ प्रदान गरिएको हो । साथै बैंकका सीईओलाई कार्यालय प्रयोजनका लागि चालक, इन्धन र मर्मतसम्भारसहित गाडी सुविधाको समेत व्यवस्था गरेको छ ।
बैंकले अघिल्लो वर्ष २०७९/८० मा सीईओलाई २ करोड १० लाख ७ हजार ८ सय रुपैयाँ भुक्तानी गरेको थियो । तलब बापत १ करोड ८० हजार रुपैयाँ, भत्ता बापत ८५ लाख २७ हजार रुपैयाँ, दशैँ भत्ताबापत १४ लाख रुपैयाँ र सञ्चय कोषबापत १० लाख ८ हजार रुपैयाँ प्रदान गरिएको थियो । उक्त तलब तथा भत्ता पूर्व सीईओ नारायणदाश मानन्धरलाई भुक्तानी गरिएको थियो ।
१३, सुन्दरप्रसाद कँडेल
सिद्धार्थ बैंकले सीईओ सुन्दरप्रसाद कँडेललाई गत वर्ष १ करोड ७० लाख ३२ हजार ७८७ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब बापत ९६ लाख ३९ हजार १८७ रुपैयाँ, भत्ता बापत ४० लाख ८० हजार रुपैयाँ, दशैँ भत्ता बापत ११ लाख ६ हजार ८ सय रुपैयाँ, वार्षिक बिदा भत्ता बापत ४ लाख ५० हजार रुपैयाँ र सवारी साधन भत्ता बापत १७ लाख ५६ हजार ८ सय रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ ।
सीईओलाई पत्रपत्रिका र इन्टरनेट महसुलको भुक्तानीबापत वार्षिक २५ हजार रुपैयाँसम्म र टेलिफोन महसुल बापत मासिक ३ हजार रुपैयाँसम्म भुक्तानी गरिएको बैंकले जनाएको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई २ करोड १० लाख ३२ हजार २३६ रुपैयाँ भत्ता भुक्तानी गरेको थियो ।
१४, गणेशराज पोखरेल
सिटिजन्स बैंकका सीईओ गणेश पोखरेलले गत वर्ष कुल १ करोड ६५ लाख ३२ हजार रुपैयाँ पारिश्रमीक बुझेका छन् । बैंकले सीईओ पोखरेललाई तलबबापत ८४ लाख रुपैयाँ, भत्ताबापत ५४ लाख रुपैयाँ, दशैंभत्ताबापत ११ लाख ५० हजार रुपैयाँ, सञ्चयकोष योगदानबापत ८ लाख ४० हजार रुपैयाँ, विदाबापत भुक्तानी ७ लाख रुपैयाँ र अन्य ४२ हजार रुपैयाँ प्रदान गरेको हो । बैंकका अनुसार खुद पारिश्रमीक तथा भत्ता ९४ लाख ३८ हजार ९२० रुपैयाँ छ । आयकरबापत सीईओ पोखरेलले ७१ लाख ९३ हजार ३१७ रुपैयाँ भुक्तानी गरेका छन् ।
बैंकले अघिल्लो वर्ष सीईओ पोखरेललाई तलब भत्ता बापत कुल १ करोड ९७ लाख ५८ हजार ८५३ रुपैयाँ भुक्तानी गरेको थियो । साथै उक्त वर्ष सीईओ पोखरेलको खुद पारिश्रमीक तथा भत्ता १ करोड १४ लाख ९२ हजार ३०३ रुपैयाँ रहेको बुझेका थिए । सो वर्ष आयकरबापत सीईओ पोखरेलले ८२ लाख ६६ हजार ५५० रुपैयाँ सरकारलाई भुक्तानी गरेका थिए ।
१५, राम कुमार तिवारी
नेपाल एसबिआई बैंकले गत वर्ष सीईओलाई १ करोड ६२ लाख २७ हजार १९८ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई १ करोड ६४ लाख ९४ हजार ८५७ रुपैयाँ तलबभत्ता भुक्तानी गरेको थियो । उक्त तलब भत्ता बैंकका पूर्वसीईओ दिपक कुमार देले बुझेका हुन् । हाल बैंकको सीईओमा राम कुमार तिवारी कार्यरत छन् ।
१६, सुरेन्द्र राज रेग्मी 
ग्लोबल आइएमई बैंकले गत वर्ष सीईओलाई १ करोड ५६ लाख ५७ हजार ३८६ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब बापत ७५ लाख ९६ हजार रुपैयाँ, भत्ता बापत ५० लाख ४० हजार रुपैयाँ, सञ्चय कोषबापत ७ लाख ५९ हजार ६ सय रुपैयाँ, बिदा बापत १२ लाख ८ हजार ७८६ रुपैयाँ र दशैँ भत्ता बापत १० लाख ५३ हजार रुपैयाँ रहेको छ । यस्तै, कर्मचारी बोनस बापत ६५ लाख ८ हवार ४६१ रुपैयाँ, टेलीफोन र मोबाइल खर्च बापत ५८ हजार ९९८ रुपैयाँ, सवारी साधन मर्मतबापत १ लाख ८३ हजार ८२८ रुपैयाँ र इन्धनबापत ३ लाख ७२ हजार रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०७९/०८० मा सीईओलाई १ करोड ५५ लाख १ हजार ६ सय रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको थियो । जसमा तलब बापत ७५ लाख ९६ हजार रुपैयाँ, भत्ता बापत ५० लाख ४० हजार रुपैयाँ, सञ्चय कोषबापत ७ लाख ५९ हजार ६ सय रुपैयाँ, बिदा बापत १० लाख ५३ हजार रुपैयाँ र दशैँ भत्ता बापत १० लाख ५३ हजार रुपैयाँ थियो । साथै, कर्मचारी बोनस बापत ६० लाख ५० हजार ५५ रुपैयाँ, टेलीफोन र मोबाइल खर्च बापत ३७ हजार ९३६ रुपैयाँ, सवारी साधन मर्मतबापत ३ लाख ६३ हजार १२० रुपैयाँ र इन्धनबापत १ लाख ३ हजार ७१५ रुपैयाँ भुक्तानी गरेको थियो ।
उक्त तलब सुविधा बैंकका पूर्वसीईओ रत्नराज बज्राचार्यले बुझेका हुन् । उनी गत २०८१ साउनमा कार्यकाल पुरा गरी बैंकको सेवाबाट अलग भइसकेका छन् । २०८१ भदौं १ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएर कार्यरत छन् ।
१७, निश्चलजंग पाण्डे
सानिमा बैंकले सीईओ निश्चलराज पाण्डेलाई गत वर्ष १ करोड १९ लाख ३६ हजार रुपैयाँ पारिश्रमिक बापत भुक्तानी गरेको छ । जसमा बैंकले सीईओलाई अल्पकालीन कर्मचारी लाभ ९६ लाख रुपैयाँ, चाडपर्व भत्ता र वार्षिक बिदा बापत भुक्तानीबापत १२ लाख ८० हजार रुपैयाँ र रोजगारी पछिको लाभबापत १० लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको हो ।
अघिल्लो वर्ष २०७९/८० मा बैंकले सीईओ पाण्डेलाई १ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको थियो । । जसमा बैंकले सीईओलाई अल्पकालीन कर्मचारी लाभ ९६ लाख रुपैयाँ, चाडपर्व भत्ता र वार्षिक बिदा बापत भुक्तानीबापत ८ लाख रुपैयाँ र रोजगारी पछिको लाभबापत १० लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको थियो ।
१८, गोविन्द गुरुङ
गुरुङ कृषि विकास बैंकका सीईओ हुन् । उनले यस बैंककाे बागडाेर समहालेपछि केही सकरात्मक सूचक देखिएका छन् । कृषि विकास बैंकले सीईओलाई गत वर्ष ६६ लाख ९४ हजार २२० रुपैयाँ तलब भुक्तानी गरेको छ ।
अघिल्लो वर्ष बैंकले सीईओलाई ४६ लाख ८४७ रुपैयाँ भुक्तानी गरेको थियो । उक्त तलब बैंकका पूर्वसीईओ अनिल कुमार उपाध्यायले २३ लाख ३० हजार ७८० रुपैयाँ र हाल कार्यरत सीईओ गुरुङले २२ लाख ७० हजार ६७ रुपैयाँ बुझेका हुन् ।
अघिल्लो वर्षको तुलनामा गुरुङको तलव ४५ दशमलग ५२ प्रतिशतले बढे पनि उनी कम तलव सुविधा पाउने सीईओको सूचिमा छन् ।
१९, तिलकराज पाण्डेय 
लामो समय बैंकिङ क्षेत्रमा काम गरेर पुनः बैंकको नेतृत्वमा फर्किका बैंकर हुन् तिलकराज पाण्डेय । उनी नेपाल बैंकको सीईओ हुन् । नेपाल बैंकले सीईओलाई गत वर्ष ६५ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बैंकका सीईओको मासिक तलब ४ लाख रुपैयाँ हो ।
यस आधारमा सीईओले तलबबापत ४८ लाख रुपैयाँ बुझेका छन् भने बाँकी रकम भत्ता तथा अन्य सुविधाबापत बुझेका हुन् । अघिल्लो वर्ष २०७९/८० मा बैंकले सीईओलाई ५४ लाख ८० हजार ६०६ रुपैयाँ भुक्तानी गरेको थियो । उक्त तलब रकम पूर्वसीईओ कृष्ण बहादुर अधिकारीले बुझेका थिए ।
२०, देवेन्द्र रमण खनाल
राष्ट्रिय वाणिज्य बैंकले सीईओलाई गत वर्ष ५७ लाख ४५ हजार ७८९ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलबबापत २८ लाख २८ हजार ९१७ रुपैयाँ, भत्ताबापत १५ लाख ५५ हजार ५६४ रुपैयाँ, दशैँ भत्ताबापत २ लाख ६० हजार रुपैयाँ, सञ्चयकोष योगदानबापत २ लाख ८२ हजार ८९२ रुपैयाँ र बोनस बाफत ८ लाख १८ हजार ४१७ रुपैयाँ प्रदान गरेको छ ।
उक्त तलब भत्ता बैंकका पूर्वसीईओ किरण कुमार श्रेष्ठ र सीईओ देवेन्द्र रमण खनालले बुझेका हुन् । बैंकका अनुसार पूर्वसीईओ श्रेष्ठले ४९ लाख ९ हजार ६५२ रुपैयाँ र सीईओ खनालले ८ लाख ३६ हजार १३७ रुपैयाँ बुझेका हुन् । श्रेष्ठले गत २०८० चैत २८ गते अवकाश पाएका हुन् ।
अघिल्लो वर्ष बैंकले सीईओलाई ६५ लाख ८७ हजार ५२१ रुपैयाँ भुक्तानी गरेको थियो । जसमा तलबबापत ३१ लाख २० हजार रुपैयाँ, भत्ताबापत १७ लाख १६ हजार रुपैयाँ, दशैँ भत्ताबापत २ लाख ६० हजार रुपैयाँ, सञ्चयकोष योगदानबापत ३ लाख १२ हजार रुपैयाँ, बोनस बाफत ११ लाख ६३ हजार ९२१ रुपैयाँ र अन्य सुविधाबापत १५ हजार ६ सय रुपैयाँ प्रदान गरेको थियो । उक्त तलब भत्ता पूर्वसीईओ श्रेष्ठले बुझेका थिए ।