काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै १.१० प्रतिशतकोकर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको समीक्षा गर्दै सो व्यवस्था गरेको हो ।
‘असल कर्जाको विद्यमान १.१० प्रतिशतकोकर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिनेछ,’ समीक्षामा भनिएको छ । यो व्यवस्थाले बैंकको थोरै भएपनि नाफा बढ्न सहयोग गर्नेछ ।