काठमाडौं । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । आज फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भएकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द हुने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएका कारण सेयर बजारमा सेयर कारोबार पनि बन्द हुने भएको हो । यससँगै अब भोली बिहीबार मात्रै सेयर कारोबार खुल्नेछ ।