युवालाई राजेश हमालका सुझाव : खुबी पहिचान गरेर अघि बढ्नुस्, सफलता पाउनुहुनेछ

<p>काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवाहरूलाई सुझाव दिएका छन्।  सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पहिलेआफ्नो क्षमता पहिचान गर्ने र त्यसपछि सोहीअनुसारको काम गर्नुपर्ने बताएका हुन् । ‘आफ्नो स्किलको पहिचान गरेर त्यसलाई डेभलप गर्न सक्नुभयो, अप्टिमम लेभलमा पुर्याउन सक्नुभयो भने त्यसले कुनैपनि क्षेत्रमा तपाईंले योगदान दिन सक्नुहुन्छ,&#8217; उनले [&hellip;]</p>

काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवाहरूलाई सुझाव दिएका छन्।

 सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पहिलेआफ्नो क्षमता पहिचान गर्ने र त्यसपछि सोहीअनुसारको काम गर्नुपर्ने बताएका हुन् ।

‘आफ्नो स्किलको पहिचान गरेर त्यसलाई डेभलप गर्न सक्नुभयो, अप्टिमम लेभलमा पुर्याउन सक्नुभयो भने त्यसले कुनैपनि क्षेत्रमा तपाईंले योगदान दिन सक्नुहुन्छ,’ उनले भने, ‘कुनैपनि क्षेत्रले तपाईंलाई प्रतिफल दिनसक्छ । तर यो सहज छैन । त्यसको लागि मेहनत गर्नुपर्छ। कुनैपनि कुरा गर्दा मेहनत नगरी सम्भव हुँदैन । गर्ने क्षमता र अवसर पाए म गर्नसक्छु भन्ने आत्मविश्वास छ भने तपाईं आफैँ उदाहरण बन्नुहुनेछ ।’

उनले ऊर्जावान समयको सदुपयोग गर्न पनि आग्रह गरे । उनले थपे, ‘यहाँहरू भोलि कुनै पनि क्षेत्रमा लाग्न चाहनुभयो भने आत्मविश्वासका साथ लाग्नुस् । तपाईंहरूसँग उर्जा छ, समय छ, त्यसलाई राम्रोसँग सदुपयोग गर्नुहोला। आफ्नो प्यासनमा लागि पर्नुस् ।’

Share News