आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील छ : प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैकठमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हिउँदे वर्षामा आएको कमी र बढ्दो तापक्रमका कारण विगत भन्दा चाँडै डढेलो तथा आगलागीका घटनामा भइहेको वृद्धिलाई मध्यनजर गरी सकेसम्म यस्ता घटना हुन नदिने कुरामा [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैकठमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले हिउँदे वर्षामा आएको कमी र बढ्दो तापक्रमका कारण विगत भन्दा चाँडै डढेलो तथा आगलागीका घटनामा भइहेको वृद्धिलाई मध्यनजर गरी सकेसम्म यस्ता घटना हुन नदिने कुरामा सरकार गम्भीर रहेको बताए । भइहाले सो को नियन्त्रण र न्यूनीकरणका लागि सबै जिल्लामा डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना बनाई कार्य गर्न निर्देशन दिइरहेको जानकारी दिए ।

‘हिउँदे वर्षामा आएको कमी र बढ्दो तापक्रमका कारण विगत भन्दा चाँडै डढेलो तथा आगलागीका घटनामा भइरहेको वृद्धिलाई मध्यनजर गरी सकेसम्म यस्ता घटना हुन नदिने र भैहालेमा सो को नियन्त्रण र न्यूनीकरणका लागि सबै जिल्लामा डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना बनाई कार्य गर्न निर्देशन दिइएको छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले नियोजितरुपमा वन डढेलो लगाउने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गर्ने बताउनु भयो ।

Share News