सरकारको आत्मकेन्द्री कर छुट सुविधा, अर्थमन्त्रालयले ४० अर्ब छुट दिँदा ५३ प्रतिशत भाग सरकारकै

<p>काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१को पुस मसान्तसम्म कुल ४० अर्ब ७६ करोड ७३ लाख रुपैयाँ कर छुट दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षा गर्दै कुल ४ खर्ब २१ अर्ब ९ करोड ७० लाख मूल्य पर्ने वस्तुमा सो छुट दिएको जानकारी दिएको हो । सरकारले बजेटमार्फत् विभिन्न वस्तुमा [&hellip;]</p>

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१को पुस मसान्तसम्म कुल ४० अर्ब ७६ करोड ७३ लाख रुपैयाँ कर छुट दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षा गर्दै कुल ४ खर्ब २१ अर्ब ९ करोड ७० लाख मूल्य पर्ने वस्तुमा सो छुट दिएको जानकारी दिएको हो ।

सरकारले बजेटमार्फत् विभिन्न वस्तुमा कर छुट दिने व्यवस्था गरेको थियो । सोहीअनुसार विभिन्न वस्तुमा कर छुट दिइएको हो । तर, कर छुट नीति सरकारले व्यवसायीभन्दा पनि आफ्नै लागि ल्याएको बुझ्न सकिन्छ ।

अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको मध्यावधी समीक्षामा निजी क्षेत्रभन्दा बढी छुट सरकारले नै लिएको छ । कुल ४० अर्ब ७६ करोड ७३ लाख छुट रकममा सरकारले नै त्यसको २१ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ कर छुट पाएको छ । जुन कुल कर छुट सुविधाको ५३ प्रतिशत बढी हो ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ५(३) अनुसार सरकारले मूल्य अभिवृद्धि कर छुट हुने वस्तुहरको पैठारीमा १८ अर्ब ९२ करोड रुपैयाँ छुट दिएको हो । यस्तै, कुट नीतिक सुविधा अन्तर्गत पैठारी भएका मालवस्तु अन्तर्गत ६५ करोड ८४ लाख रुपैयाँ, महसुल सुविधा अन्तर्गत पैठारी भएका मालवस्तुमा १६ करोड रुपैयाँ छुट महसुल दिएको छ ।

अर्थमन्त्रालयका अनुसार नाफारहि सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकारm प्रदेश सरकार, स्थानीय तहको निकाय वा नेपाल सरकारको स्वामित्व भएका संगठित संस्थाले पैठारी गरेको मालवस्तुमा ९२ करोड ८२ लाख रुपैयाँको छुट दिएको छ ।

नेपाल सरकार वा लगानी बोर्डसँग भएको आयोजना विकास सम्झौता बमोजिम परियोजना विकासका लागि आयोजना वा आयोजनाले नियुक्त गरेका ठेकेदारको नाममा पैठारी भएका मालवस्तुमा १ अर्ब ९४ करोड ९६ लाख रुपैयाँ र साफ्टा सुविधा अन्तर्गत पैठारी भएका मालवस्तुमा २ अर्ब ७२ करोड १० लाख रुपैयाँछुट दिएको छ । यस्तै विविध अन्तर्गत १५ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ छुट दिएको छ ।

 

Share News