प्रभु ग्रुपका कम्पनीको धमाधम रेटिङ, आईपीओका लागि तयारी, आम्दानी कस्तो छ ?

<p>काठमाडौं । प्रभु ग्रपको लगानी रहेका अधिकांश कम्पनीले धमाधम रेटिङ गराउन थालेका छन् । पछिल्लो अवधिमा आधा दर्जन बढी कम्पनीले रेटिङ एजेन्सीमार्फत् रेटिङ गराएका हुन् । केही दिनअघि मात्रै प्रभु हेलिकोप्टर, प्रभु क्यापिटल र प्रभु मनि ट्रान्सफरले रेटिङ गराएका छन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार प्रभु हेलिकोप्टरले सन् २०२४ मा २६ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । प्रभु ग्रपको लगानी रहेका अधिकांश कम्पनीले धमाधम रेटिङ गराउन थालेका छन् । पछिल्लो अवधिमा आधा दर्जन बढी कम्पनीले रेटिङ एजेन्सीमार्फत् रेटिङ गराएका हुन् ।

केही दिनअघि मात्रै प्रभु हेलिकोप्टर, प्रभु क्यापिटल र प्रभु मनि ट्रान्सफरले रेटिङ गराएका छन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार प्रभु हेलिकोप्टरले सन् २०२४ मा २६ करोड रुपैयाँ आम्दानी गरेको छ । यस हेलिकोप्टरले यसअघि सन् २०२३ मा ४१ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो एक वर्षको अवधिमा यस कम्पनीले ३७.६४ प्रतिशतले सञ्चालन आम्दानी घटेको छ । कम्पनीले ६४ करोड रुपैयाँ ऋणका लागि रेटिङ पनि गराएको छ । कम्पनीले एनपी बी माइनस रेटिङ पाएको छ ।

यस्तै, कम्पनीले आईपीओ निष्कासनको तयारी पनि गरेको छ । कम्पनीले फागुन ४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी बढाउने प्रस्ताव साधारणसभामा गर्ने जानकारी दिएको छ ।

यस्तै, प्रभु ग्रुपको लगानी रहेको प्रभु मनि ट्रान्सफरले पनि रेटिङ गराएको छ । यस मनि ट्रान्सर्फरले सन् २०२४ मा १८ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यसअघि सन् २०२३ मा कम्पनीले सन् ३० करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो एक वर्षको अवधिमा यस कम्पनीको पनि आम्दानी ४०.७७ प्रतिशत घटेको छ । पछिल्लो चार आर्थिक वर्षमा यस कम्पनीको आम्दानी निरन्तर घट्दै गएको छ ।

कम्पनीको सन् २०२१ मा ५४ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ मात्रै गरेको थियो । कम्पनीले एक अर्ब १० करोड रुपैयाँ ऋणका लागि पनि रेटिङ गराएको छ । जसमा कम्पनीले एनपी ए फोर रेटिङ प्राप्त गरेको छ ।

प्रभु ग्रुपकै लगानी रहेको प्रभु क्यापिटलले पनि रेटिङ गराएको छ । कम्पनीले एक अर्ब ऋणका लागि रेटिङ गराएको हो । जसमा कम्पनीले केयर रेटिङ नेपालबाट दीर्घकालीन ऋणका लागि एनपी थ्री बी माइनस र अल्पकालीन ऋणका लागि एनपी ए थ्री रेटिङ पाएको छ ।

 

यसका हलावा प्रभु ग्रुपकै लगानी रहेको प्रभु इन्स्यारेन्स, प्रभु बैंक र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि सन् २०२४ मै रेटिङ गराएका छन् ।

प्रभु ग्रुपकै लागनीमा अहिले दुई रिसोर्ट पनि छन् । सेकोङ रिसोर्ट मुस्ताङमा छ भने धोरपाटन रिसोर्ट हाल निर्माणाधीन छ । प्रभु ग्रुपको डेढ दर्जन करिब दुई दर्जन कम्पनीमा लगानी छ ।

Share News