एमएडब्लू वृद्धिले भक्तपुरमा सञ्चालनमा ल्यायो पहिलो सोकोन शोरुम

<p>काठमाडौं । नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धिले भक्तपुरमा आफ्नो पहिलो शोरुमको उद्घाटन गरेको छ । भक्तपुरको गट्ठाघरमा अवस्थित रहेको सुविधासम्पन्न शोरुममा व्यक्तिगत परामर्श, उत्पादन प्रदर्शन र परीक्षण ड्राइभहरू प्रदान हुने जनाइएको छ । कार्यक्रमको मुख्य आकर्षणका रूपमा उद्घाटनका दौरान एघारवटा सोकोन गाडीहरू उनीहरूकै नयाँ मालिकहरूलाई वितरण गरिएको थियो । बुधबार भएको [&hellip;]</p>

काठमाडौं । नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धिले भक्तपुरमा आफ्नो पहिलो शोरुमको उद्घाटन गरेको छ ।

भक्तपुरको गट्ठाघरमा अवस्थित रहेको सुविधासम्पन्न शोरुममा व्यक्तिगत परामर्श, उत्पादन प्रदर्शन र परीक्षण ड्राइभहरू प्रदान हुने जनाइएको छ ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा उद्घाटनका दौरान एघारवटा सोकोन गाडीहरू उनीहरूकै नयाँ मालिकहरूलाई वितरण गरिएको थियो ।

बुधबार भएको उद्घाटन समारोहमा एमएडब्लू समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एसिया प्यासिफिक आरएचडी क्षेत्र सेरेस ग्रुप कमर्शियल भेहिकल डिभिजनका कन्ट्री म्यानेजर सुन जियाक्सिन, एमएडब्लू वृद्धि कमर्शियलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुषार गुप्तालगायत अन्यको उपस्थिति रहेको थियो ।

एमएडब्लू समूहका अध्यक्ष अग्रवालले भक्तपुरमा शोरुम खोल्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि एमएडब्लूले ग्राहकको सन्तुष्टिमा काम गर्ने बताए ।

Share News