काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपमा केही बैंकले ब्याजदर घटाएका छन् भने केही बैंकले ब्याजदर बढाएका छन् ।
२० वाणिज्य बैंकमध्ये १४ वाणिज्य बैंकले मुद्दती निक्षेपमा ब्याजदर स्थिर राख्दै मंसिर महिनाको ब्याजदर कायम राखेका छन् । साथै, ३ बैंकल मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ३ बैंकले ब्याजदर बढाएका छन् ।
पुसमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् भने कृषि विकास बैंक, एनएमबि बैंक प्राइम बैंकले ब्याजदर बढाएका छन् ।
नेपाल बैंकले ०.३५ प्रतिशत, सानिमा बैंकले ०.१ प्रतिशत र एनआईसी एशिया बैंकले ०.१९ प्रतिशत ब्याजदर घटाएका हुन् । साथै, कृषि विकास बैंकले ०.०३ प्रतिशत, प्राइम बैंकले ०.५ प्रतिशत र एनएमबि बैंकले १.०३ प्रतिशत ब्याजदर बढाएका हुन् ।
मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज बैंक एनआईसी एशिया बैंकले दिने भएको छ । यस बैंकले अधिकतममा ६.६ प्रतिशत ब्यादर तोकेको छ ।