झापामा प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने ७ जना पक्राउ

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको आरोपमा ७ जना पक्राउ परेका छन् । आइतबार झापा पुगेका प्रधानमन्त्री ओलीलाई प्रदेश नम्बर १ पुन: नामांकन संयुक्त संघर्ष समितिले दमकमा कालो झन्डा देखाएको हो । ओली भ्युटावर लगायत विभिन्न उद्घाटनका लागि झापा पुगेका थिए । त्यसक्रममा प्रहरीले केदार धिमाल, मातृका धिमाल, एलबी पालुङ्वा, सोम चेम्जोङ, [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको आरोपमा ७ जना पक्राउ परेका छन् ।

आइतबार झापा पुगेका प्रधानमन्त्री ओलीलाई प्रदेश नम्बर १ पुन: नामांकन संयुक्त संघर्ष समितिले दमकमा कालो झन्डा देखाएको हो । ओली भ्युटावर लगायत विभिन्न उद्घाटनका लागि झापा पुगेका थिए ।

त्यसक्रममा प्रहरीले केदार धिमाल, मातृका धिमाल, एलबी पालुङ्वा, सोम चेम्जोङ, तिर्थ खड्का, एलबी पालुङ्वा र विवेक सुनुवारलाई नियन्त्रणमा लिएको हो ।

Share News