पुर्वाधार आयोजनालाई दुहुनो गाई बनाइएको छः पूर्वसचिव थापा

<p>काठमाडौं । नेपाल सरकारका पूर्वसचिव अर्जुनजंग थापाले पुर्वाधार सम्बन्धी केही आयोजनालाई ‘दुहुनो गाई’ नै बनाउने गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आयोजनालाई व्यक्तिगत स्वार्थअनुरुप कमाउने भाँडो बनाइएको बताएका हुन् । सडकतर्फ मात्रै नभएर खानेपानी र विद्यत् सम्बन्धी परियोजनालाई पनि दुहुनो गाई बनाइएको उनले बताए । यस्तै, न्यून बजेटमा [&hellip;]</p>

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव अर्जुनजंग थापाले पुर्वाधार सम्बन्धी केही आयोजनालाई ‘दुहुनो गाई’ नै बनाउने गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आयोजनालाई व्यक्तिगत स्वार्थअनुरुप कमाउने भाँडो बनाइएको बताएका हुन् ।

सडकतर्फ मात्रै नभएर खानेपानी र विद्यत् सम्बन्धी परियोजनालाई पनि दुहुनो गाई बनाइएको उनले बताए । यस्तै, न्यून बजेटमा हतारमा ठेक्का सम्झौता गर्दा पनि निर्माण कार्यमा धेरै समस्या आएको उनले बताए ।

‘पुल सम्बन्धी ठेक्का कुनै पनि हालतमा अघि बढाउनुपर्छ, पुलको संरचनाको निर्माण रोक्दा प्राविधिक समस्या आउन सक्नछन्, तसर्थ पुल निर्माणको ठेक्का तोड्न हुँदैन,’ उनले भने, ‘यद्यपि, सीमा क्षेत्रमा बन्दै गरेका पुलहरुको ठेक्का तोड्नुपर्छ, भारतीय सीमा सुरक्षा बलले दुःख दिएका कारण त्यस्तो ठेक्का तत्काल तोड्नुपर्छ ।’

आयोजना छनोटमा योजना आयोग र अर्थमन्त्रालयबाट समस्या हुने गरेको र विकास मन्त्रालयले पर्याप्त बजेट नपाएको उनको भनाइ छ ।

‘कुनै पनि आयोजना निर्माणका लागि प्राथमिकताका साथ काम अघि बढेमा देश विकासमा सहयोग पुग्छ, भारत र चीन जोड्ने सडक नबन्दा पनि समस्या भएको छ,’ उनले भने, ‘भारत र चिन जोड्ने सडक धेरै रहेका छन् । तर निर्माण हुन सकेको छैन । जसले गर्दा हामीले फाइदा लिन सकेका छैनौँ । भारत र चिन जोड्ने ११ वटा सडकमध्ये कुनै पनि बन्न सक्ने अवस्था छैन । राजनीतिक नेतृत्वले कनिका छरेझै योजना ल्याउँदा परिणाम निस्कन सकेका छैनन्, यस्ता कार्यले गर्दा विकासको सिद्धान्तमा तिलान्जलि हुने अवस्था सिर्जना भएको छ ।’

Share News