सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

<p>काठमाडौं । नेपाली बजारमा पछिल्लो केही दिन यता निरन्तर बढेको सुनको मूल्य शुक्रबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको हो । महासंघकाअनुसार शुक्रबार सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा पछिल्लो केही दिन यता निरन्तर बढेको सुनको मूल्य शुक्रबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको हो ।

महासंघकाअनुसार शुक्रबार सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको थियो ।

यस्तै, शुक्रबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ पुगेको हो । बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको थियो ।

Share News