तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ५० अर्ब उठाउँदै

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट ५० अर्ब रुपैयाँ उठाउने भएको छ। बजारमा अत्यधिक तरलता भएपछि केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ खिच्न लागेको हो । केन्द्रीय बैंकले बोलकबोल विधिमार्फत् २१ दिनका लागि उक्त परिमाण बराबर तरलता खिच्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको निक्षेप व्यवस्थापन गर्न राष्ट्र बैंकले तरलता खिच्न लागेको हो [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट ५० अर्ब रुपैयाँ उठाउने भएको छ। बजारमा अत्यधिक तरलता भएपछि केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

केन्द्रीय बैंकले बोलकबोल विधिमार्फत् २१ दिनका लागि उक्त परिमाण बराबर तरलता खिच्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको निक्षेप व्यवस्थापन गर्न राष्ट्र बैंकले तरलता खिच्न लागेको हो ।

आज दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्न सकिने बैंकले जनाएको छ ।

Share News