काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड २०८१ आर्थिक पत्रकार शरद ओझाले प्राप्त गरेका छन् । सेजनको २८ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ओझालाई १ लाख पुरस्कार राशीको सो अवार्ड प्रदान गरेका हुन् ।
ओझा क्लिकमाण्डु डटकममा कार्यरत छन् । उनले बजेटमार्फत सरकारले आयकर ऐनको दफा ५७ मा गरेको हेरफेर र त्यसमा रहेको त्रुटीबारे समाचार लेखेका थिए । सोही समाचारका लागि उनलाई अवार्ड प्रदान गरिएको हो ।
यस्तै स्व. सञ्जय न्यौपाने रिसर्च ग्राण्ट अवार्ड क्यापिटल नेपाल डटकमका सुवास योञ्जनले पाएका छन् । शनिबार नै सेजनले विभिन्न अन्य विधामा समेत आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ।
साथै शनिबार नै सेजनले विभिन्न अन्य विधामा समेत आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ । डा. भोला चालिसे लिवरल जर्नाजिलम अवार्ड सेतोपाटी डटकमका भागवत भट्टराईले प्राप्त गरे । प्रिन्ट मिडिया अवार्ड कारोबार दैनिककी कौशिला कुँवरले प्राप्त गरिन् । डिजिटल अवार्ड १२ खरी डटकमका कमल धितालले प्राप्त गरे ।
सो अवसरमा स्वर्णिय सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता टोलीहरुलाई समेत नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।