जस्मिन पेन्ट्सको सद्भावना दूत बने पारस खड्का

<p>काठमाडौं । जस्मिन पेन्ट्सले आफ्नो कम्पनीको सद्भावना दूतमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई नियुक्त गरेको छ । कम्पनीले खड्कालाई सद्भावना दूतमा नियुक्त गरेको प्रेस विज्ञप्तिमार्फत् जनाएको हो। खड्का नेपाल क्रिकेट संघ (क्यान)का सचिवसमेत हुन् । कम्पनीले खड्कासँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथसाथै हाम्रा उत्पादनलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने [&hellip;]</p>

काठमाडौं । जस्मिन पेन्ट्सले आफ्नो कम्पनीको सद्भावना दूतमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई नियुक्त गरेको छ ।

कम्पनीले खड्कालाई सद्भावना दूतमा नियुक्त गरेको प्रेस विज्ञप्तिमार्फत् जनाएको हो।

खड्का नेपाल क्रिकेट संघ (क्यान)का सचिवसमेत हुन् ।

कम्पनीले खड्कासँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथसाथै हाम्रा उत्पादनलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा गरेको छ ।

जस्मिन पेन्ट विगत ३१ वर्षदेखि निरन्तर नेपाली ग्राहकको सेवामा समर्पित रहँदै आएको निर्देशक साैगात अर्यालले जानकारी दिए ।

उनका अनुसार यो कम्पनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत भइसकेको छ ।

खड्कालाई सद्भावना दूतमा नियुक्त गरेसँगै नेपाली क्रिकेटले थप उचाइ प्राप्त गर्ने कम्पनीको विश्वास छ ।

Share News