फेरि पक्राउ परे विवादित व्यवसायी दुर्गा प्रसाईं

<p>काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट मंगलबार बिहान पक्राउ गरेकाे हाे । प्रसाईंले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति आएसँगै उनी पक्राउ परेका हुन् । ओली र प्रसाईं [&hellip;]</p>

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट मंगलबार बिहान पक्राउ गरेकाे हाे ।

प्रसाईंले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति आएसँगै उनी पक्राउ परेका हुन् । ओली र प्रसाईं कुनैबेला निकै निकट मानिन्थे ।

यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य टीका संग्रौला लगायतको चरित्र हत्या गरेको आरोपमा गत असोजमा पक्राउ परेका थिए  ।

Share News