बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

<p>काठमाडौं । सुनको मूल्यमा मंगलबार वृद्धि भएको छ । तोलामा दुई हजार रुपैयाँले बढी एक लाख ६२ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ६० हजार एक सय रुपैयाँमा काराेबार भएकाे थियो । सोमबार तोलामा एक सय रुपैयाँमात्रै बढेको सुनको मूल्य आज तोलामै दुई हजार बढेको [&hellip;]</p>

काठमाडौं । सुनको मूल्यमा मंगलबार वृद्धि भएको छ । तोलामा दुई हजार रुपैयाँले बढी एक लाख ६२ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य एक लाख ६० हजार एक सय रुपैयाँमा काराेबार भएकाे थियो । सोमबार तोलामा एक सय रुपैयाँमात्रै बढेको सुनको मूल्य आज तोलामै दुई हजार बढेको हो ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढी एक हजार नौसय ५५ रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएकाे छ ।हिजो चाँदी प्रतितोला एक हजार नौ सय २० रुपैयाँमा कारोबार भएकाे थियाे ।

Share News