एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुनमा कति ?

<p>काठमाडौं । एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मंसिरमा ०.२० प्रतिशत ब्याजदर घटाएर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.७९ प्रतिशत र संस्थागततर्फ ५.७९ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि कात्तिकमा बैंकले व्यक्तिगततर्फ ६.९९ प्रतिशत, संस्थागततर्फ ५.९९ प्रतिशत ब्याजदर तोकेको थियो [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

बैंकले मंसिरमा ०.२० प्रतिशत ब्याजदर घटाएर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.७९ प्रतिशत र संस्थागततर्फ ५.७९ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि कात्तिकमा बैंकले व्यक्तिगततर्फ ६.९९ प्रतिशत, संस्थागततर्फ ५.९९ प्रतिशत ब्याजदर तोकेको थियो । ।

बैंकले साधारण बचत खातामा न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ५.१० प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकको आधारदर ८.८७ प्रतिशत रहेको छ ।

Share News