निष्कृय खाताको रकम बैंकिङ विकास कोषमा जम्मा गर्दै एनआईएमबी

<p>काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)ले २० वर्ष पुराना खाता सक्रिय गर्न आग्रह गरेको छ । बैंकले १ बैशाख २०६१ देखि संचालन नभई निष्कृय भएका खाता सक्रिय गराउन ग्राहकहरूलाई अनुरोध गरेको हो । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेण्ट बैंक तथा मेगा बैंक र सो सँग गाभिएका अन्य वित्तीय संस्थाहरु समेत) मा खाता [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)ले २० वर्ष पुराना खाता सक्रिय गर्न आग्रह गरेको छ । बैंकले १ बैशाख २०६१ देखि संचालन नभई निष्कृय भएका खाता सक्रिय गराउन ग्राहकहरूलाई अनुरोध गरेको हो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेण्ट बैंक तथा मेगा बैंक र सो सँग गाभिएका अन्य वित्तीय संस्थाहरु समेत) मा खाता खोलिएको र विगत २० वर्षदेखि संचालन नभई निष्कृय रहेका खाताका खातावाल वा कानुनी हकवालाले बैंकमा सम्पर्क राखि खाता सकृय गर्न बैंकले अनुरोध गरेको छ ।

यदि उक्त खाताहरू सक्रिय नगरेको वा हकदावी नगरेको खण्डमा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ तथा नेपाल राष्ट्र बैंकको ई. प्रा. निर्देशन बमोजिम खातामा रहेको निक्षेप रकम ’बैंकिङ्ग विकास कोष’ मा जम्मा गरिने बैंकले जनाएको छ ।

यस्ता निष्कृय खाताहरू भएका ग्राहकहरुले बैकको कुनैपनि शाखामा तत्काल सम्पर्क राखि २०८१ पुस मसान्तभित्र खाता सकृय गर्न बैंकले समय दिएको छ ।

२० वर्षदेखि निष्कृय अवस्थामा रहेका खाताहरूमा भएको रकम बैंकिङ्ग विकास कोषमा रकमान्तर भएपछि उक्त खातामा रहेको साँवा रकम तथा सोमा प्राप्त हुने ब्याज भुक्तानीमा यस बैंकको दायित्व नरहने जनाएको छ ।

Share News