५ ठाउँको घर खाली गर्न बेष्ट फाइनान्सको ताकेता

<p>काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले घर खाली गर्न ताकेता गरेको छ । बेष्ट फाइनान्ससँग कारोबारको शिलशिलामा धितो बन्दक पारित गरी कर्जा लिएर चुक्ता नगरेपछि घर खाली गर्न ताकेता गरेको हो । कम्पनीको नाममा धितो बन्दक पारित गरी ऋणीहरुले लिएको कर्जा रकम नतिरेकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम सकार गरी [&hellip;]</p>

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले घर खाली गर्न ताकेता गरेको छ । बेष्ट फाइनान्ससँग कारोबारको शिलशिलामा धितो बन्दक पारित गरी कर्जा लिएर चुक्ता नगरेपछि घर खाली गर्न ताकेता गरेको हो ।

कम्पनीको नाममा धितो बन्दक पारित गरी ऋणीहरुले लिएको कर्जा रकम नतिरेकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम सकार गरी नाममा नामसारी भइसकेको हुँदा घर जग्गाहरु खाली गर्न जानकारी गराएको हो ।

३५ दिनभित्र उक्त घर खाली नगरेमा कानून बमोजिम कारवाही अगाडि बढाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार काठमाडौंको मुलपानी ३÷ख स्थित कित्ता नम्बर ८३९ मा रहेको ७९.४८ वर्गमिटर, रुपन्देहीको कन्चन ५ स्थित कित्ता नम्बर २१२ मा रहेको ४१३.८६ वर्गमिटर, काठमाडौं महानगरपालिका १० स्थित कित्ता नम्बर १८७ मा रहेको २०६.६४ वर्गमिटर क्षेत्रफल जग्गा र घर खाली गर्न निर्देशन दिएको हो ।

यस्तै, बर्दियाको मोहम्मदपुर १ स्थित कित्ता नम्बर ७२२ मा रहेको १३७.५० वर्गमिटर र दाङको हरिद्धार २÷क स्थित कित्ता नम्बर ४९२ र ४९६ मा रहेको १२६.९९ वर्गमिटर र १२६.९७ वर्गमिटर क्षेत्रफल भएको जग्गा खाली गर्न निर्देशन दिएको हो ।

Share News