कुलमान आफ्नो निर्णयबाट ‘ब्याक’, उद्योगमा काटिएका लाइन जोड्ने

<p>काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले डेटिकेटड तथा ट्रंक लाइन विवादमा काटिएका विद्युत् लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण बोर्डको बैठकले बिजुलीको लाइन काट्ने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टाइम्स डे (टिओडी) मिटरिङ आधारमा १५ दिनभित्र उठाउने निर्णय गरेको थियाे । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत नेपाल [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले डेटिकेटड तथा ट्रंक लाइन विवादमा काटिएका विद्युत् लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण बोर्डको बैठकले बिजुलीको लाइन काट्ने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टाइम्स डे (टिओडी) मिटरिङ आधारमा १५ दिनभित्र उठाउने निर्णय गरेको थियाे । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत नेपाल विद्युत प्राधिकरणलाई सो निर्णय गरेर निर्देशन दिने निर्णय गरेको थियाे ।

बैठकले सोमबार दिउँसो १२ बजेभित्र उद्योगमा यसअघि नेपाल विद्युत प्राधिकरणले काटिदिएको बिजुली लाइन जोड्न निर्देशन दिने निर्णय पनि गरेको थियाे । तर, प्राधिकरणले आज मात्रै बैठक बसेर लाइन जोड्ने निर्णय गरेको हो ।

यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ८ कात्तिकमा बक्यौता विवाद रहेका उद्योगहरूको लाइन काटिदिएका थिए ।

Share News