दोहोरो अंकले घट्यो सेयर बजार, ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

<p>काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) घटेको छ ।  ११.२४ अंकले घटेर नेप्से परिसूचक २७४५.८१ बिन्दुमा झरेको छ । आज ८० कम्पनीको सेयर बढ्दा १५७ वटाको मूल्य घटेको छ । ७ वटाको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । यस दिन फाइनान्स समूहमा आकर्षण देखिएको छ । सो सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढ्यो [&hellip;]</p>

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) घटेको छ ।  ११.२४ अंकले घटेर नेप्से परिसूचक २७४५.८१ बिन्दुमा झरेको छ ।

आज ८० कम्पनीको सेयर बढ्दा १५७ वटाको मूल्य घटेको छ । ७ वटाको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

यस दिन फाइनान्स समूहमा आकर्षण देखिएको छ । सो सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा ०.१३ र व्यापार ०.३५ प्रतिशत बढे ।

अन्य समूह सबैभन्दा धेरै १.१८ प्रतिशत घट्यो । बैंकिङ ०.३५, विकास बैंक ०.३१, होटेल तथा पर्यटन ०.१५, हाइड्रोपावर ०.५७, लगानी ०.३५, जीवन बीमा ०.४४, उत्पादन ०.०२, माइक्रोफाइनान्स ०.६७ प्रतिशत घटे ।

७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो ।

नेप्सेका अनुसार गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तिय संस्था र मेन्सीयाम हाइड्रो १० प्रतिशत तथा बेस्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ ।

गुणविल फाइनान्स ९.३६ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनी ४.९१ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५९ प्रतिशत, अपर हेवाखोला हाइड्रोको ३.७१ प्रतिशत र हिमालयन बैंकको सेयर मूल्य ३.४८ प्रतिशतले गिरावट आएको छ ।

कारोबार तर्फ गुणविल फाइनान्सको २९ करोड २८ लाख ६१ हजार २०६, फेस्ट फाइनान्स कम्पनीको २९ करोड २५ लाख ६९ हजार ४००, आँखुखोला जलविद्युत कम्पनीको २५ करोड ५९ लाख ४७ हजार ७७५ र जानकी फाइनान्स कम्पनीको २० करोड ५९ लाख ३ हजार ५०८ बराबरको सेयर किनबेच भएको छ ।

Share News