फैसला कार्यान्वयन गर्न मनाङेलाई अदालतमा पेस

<p>काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई मंगलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे  (राजीव गुरुङ)लाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । मंगलबार बिहान सानोभर्याङबाट पक्राउ परेका निजलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा उक्त अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) का प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए । उनले भने, &#8216;सर्वोच्च [&hellip;]</p>

काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई मंगलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे  (राजीव गुरुङ)लाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

मंगलबार बिहान सानोभर्याङबाट पक्राउ परेका निजलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा उक्त अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) का प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, ‘सर्वोच्च अदालतले यही कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै मंगलबार हाम्रो टोलीले निजलाई पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयन गराउनका लागि जिल्ला अदालतमा पेस गरेका छौँ ।’

Share News