एनएमबि लघुवित्तको नाफासँगै ईपीएस धनात्मक, ब्याज आम्दानी ४०.८५ प्रतिशत बढ्यो

<p>काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासमा ७१ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ७३ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । असोज मसान्तसम्म लघुवित्तले ८ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही [&hellip;]</p>

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासमा ७१ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ७३ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो ।

असोज मसान्तसम्म लघुवित्तले ८ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको तुलनामा लघुवित्तको ब्याज आम्दानी ४०.८५ प्रतिशत बढेको हो ।

लघुवित्तले ९९ लाख ४७ हजार रुपैयाँ नेट फि एण्ड कमिसन इनकम, ९ करोड ८ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी र ७१ लाख ३९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । यसअवधिमा लघुवित्तको वितरणयोग्य नाफा ४८ लाख ४ हजार रुपैयाँ छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ७२ करोड १४ लाख रुपैयाँ, सेयर प्रिमियम ७ करोड २९ लाख रुपैयाँ, जगेडा कोष २० करोड २ लाख रुपैयाँ छ भने सञ्चित नाफा भने ५ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

यस्तै, लघुवित्तले असोजसम्म १ अर्ब ३० करोड १२ लाख रुपैयाँ निक्षेप तथा ३ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ सापट िलिई ५ अर्ब ४९ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँ धनात्मक छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २६.२५ रुपैयाँ ऋणात्मक थियो । लघुवित्तको प्रतिसेयर नेटवर्थ १३०.२४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८१.८६ गुणा रहेको छ ।

यस्तै, लघुवित्तको खराब कर्जा ७.२७ प्रतिशतबाट घटेर ६.३७ प्रतिशतमा झरेको छ । लघुवित्तको लागत ७.९८ प्रतिशत छ भने आधार दर १५.९६ प्रतिशत छ ।

Share News