काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । सोमबार उच्च बिन्दुमा पुगेको डलरको भाउ बलियो बन्दै गएको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७१ रुपैयाँ र बिक्रीदर १३५.३१ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।
आज युरोपियन यूरोको एकको खरिदर १४४.३९ रुपैयाँ र बिक्रीदर १४५.०३ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.०९ रुपैयाँ र बिक्रीदर १७४.८६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.८५ रुपैयाँ र बिक्रीदर १५४.५३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.६८ रुपैयाँ र बिक्रीदर ८९.०७ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.८५ रुपैयाँ र बिक्रीदर ९७.२८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.५७ रुपैयाँ र बिक्रीदर १०२.०२ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८३ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७६ रुपैयाँ र बिक्रीदर १८.८५ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८७ रुपैयाँ र बिक्रीदर ३६.०३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९५ रुपैयाँ र बिक्रीदर ३७.१२ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९४ रुपैयाँ र बिक्रीदर ३.९६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.७४ रुपैयाँ र बिक्रीदर ३०.८८ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६३ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४५ रुपैयाँ र बिक्रीदर १२.५१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३६ रुपैयाँ र बिक्रीदर १९.४५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३३ रुपैयाँ र बिक्रीदर १७.४० रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३९.३० रुपैयाँ र बिक्रीदर ४४१.२५ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.३२ रुपैयाँ र बिक्रीदर ३५८.९१ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।