वेवारिसे अवस्थामा रहेको सामानसहितको ट्रक नियन्त्रणमा

<p>काठमाडौं । भारतबाट अवैधरूपले नेपाल ल्याई वेवारिसे अवस्थामा राखेको सामानसहितको ट्रक सशस्त्र प्रहरीले कार्तिक २२ गते कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरवेडी इलाकाबाट नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट खटिएको सुरक्षा फौजले ना ४ ख ५७८४ नम्बरको ट्रकमा लोड गरी वेवारिसे अवस्थामा रहेको १ सय ४० [&hellip;]</p>

काठमाडौं । भारतबाट अवैधरूपले नेपाल ल्याई वेवारिसे अवस्थामा राखेको सामानसहितको ट्रक सशस्त्र प्रहरीले कार्तिक २२ गते कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरवेडी इलाकाबाट नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट खटिएको सुरक्षा फौजले ना ४ ख ५७८४ नम्बरको ट्रकमा लोड गरी वेवारिसे अवस्थामा रहेको १ सय ४० किलो चिनी, ३३ बोरा धान र २० पोका भुजा बराद गरेको हो ।

बरामद सामान तथा ट्रक आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको छ ।

उक्त सामान तथा ट्रकको भन्सार दाखिला मूल्य ४६ लाख १९ हजार ६ सय रुपैयाँ रहेको छ ।

Share News