एकैदिन ४ हजारले घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा चार हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज छापावाल सुन तोलाकाे एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा चार हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुन तोलाकाे एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share News