भारतीय प्रख्यात अर्थशास्त्री देवरोयको निधन, महाभारत, रामायण र चारवटै वेद गरेका थिए अंग्रेजीमा अनुवाद

<p>काठमाडौं । भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा. विवेक देवरोयको निधन भएको छ । उनको ६९ वर्षको उमेरमा निधन भएको हो । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्षसमेत थिए । उनले भारतको आर्थिक सुधार तथा विकास रणनीति निर्माण गर्न भूमिका खेलेका थिए । बेलायतको ट्रिनिटी कलेज तथा भारतको दिल्ली स्कुल अफ इकोनोमिक्समा [&hellip;]</p>

काठमाडौं । भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा. विवेक देवरोयको निधन भएको छ । उनको ६९ वर्षको उमेरमा निधन भएको हो । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्षसमेत थिए ।

उनले भारतको आर्थिक सुधार तथा विकास रणनीति निर्माण गर्न भूमिका खेलेका थिए ।

बेलायतको ट्रिनिटी कलेज तथा भारतको दिल्ली स्कुल अफ इकोनोमिक्समा अध्ययन गरेका देवरोयले पश्चिमा तथा पूर्वीय आर्थिक नीतिहरू दुवैमा दख्खल राख्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनले महाभारत, रामायण तथा चारवटै वेदलगायतका कृतिहरूलाई अंग्रेजीमा अनुवाद गरेका थिए ।

Share News