प्रचण्ड निवासमा देउसीभैलो, छमछमी नाचे

<p>काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिताको जगेर्ना हुननसक्ने बताउनुभएको छ । खुमलटारस्थित निवासमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा देउसीभैलो खेल्न आइपुग्नुभएका कलाकारहरुसँग अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएदेखि कला र खेलकुद आफ्नो उच्च प्राथमिकतामा रहेको बताए । ‘यहाँ देउसीभैलो खेल्न आउनुभएकामा तपाईं [&hellip;]</p>

 

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिताको जगेर्ना हुननसक्ने बताउनुभएको छ ।

खुमलटारस्थित निवासमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा देउसीभैलो खेल्न आइपुग्नुभएका कलाकारहरुसँग अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएदेखि कला र खेलकुद आफ्नो उच्च प्राथमिकतामा रहेको बताए ।

‘यहाँ देउसीभैलो खेल्न आउनुभएकामा तपाईं सम्पूर्णलाई धन्यवाद, हाम्रो संस्कृतिको जगेर्ना गरिने र ऐतिहासिक परम्परालाई सुदृढ गर्ने जिम्मेवारी हामी सबैको हो । यस्ता गतिविधिले नयाँ पुस्तालाई हाम्रो पर्वको महत्व र सांस्कृतिक पक्षसँग जानकार गराउँछ । यसले हाम्रो राष्ट्रिय एकतालाई थप बलियो बनाउने छ,’ उनले भने ।

कलाकारहरू मञ्जु पौडेल, राधिका हमाल, आयुषा गौतमलगायत देउसीभैलो खेल्दा अध्यक्ष दाहाल पनि उनीहरुसँगै छमछमी नाचेका थिए ।

Share News