तिहार बिदामा बैंक जाने सोचमा हुनुहुन्छ ? यी हुन् बैंकका खुल्ने शाखा

<p>काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । यसपटक कात्तिक १५ गतेदेखि कात्तिक १९ गतेसम्म तिहार तथा सार्वजनिक बिदा छ । तिहार बिदाको समयमा अधिकांश क्षेत्रका कार्यालय बन्द रहन्छन् । तर, बैंक तथा वित्तीय संस्थाहरूले भने तिहार बिदामा पनि आफ्नो सेवा प्रदान गर्ने जनाएका छन् । तिहार बिदाको समयमा अधिकांश बैंकहरूले आफ्ना [&hellip;]</p>

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । यसपटक कात्तिक १५ गतेदेखि कात्तिक १९ गतेसम्म तिहार तथा सार्वजनिक बिदा छ ।

तिहार बिदाको समयमा अधिकांश क्षेत्रका कार्यालय बन्द रहन्छन् । तर, बैंक तथा वित्तीय संस्थाहरूले भने तिहार बिदामा पनि आफ्नो सेवा प्रदान गर्ने जनाएका छन् ।

तिहार बिदाको समयमा अधिकांश बैंकहरूले आफ्ना निश्चित शाखा कार्यालय खुला राखेर सेवा दिने जनाएका छन् । तिहार बिदाको समयमा बैंकहरूले ३ देखि ४ घण्टामात्रै शाखा कार्यालय खुला राख्नेछन् ।

प्रभु बैंक 

प्रभु बैंकले तिहार बिदामा उपत्यकाभित्र मुख्य शाखा बबरमहल, कमलादी, ललितपुर जावलाखेल, भक्तपुर शाखा कार्यालय खुला राख्ने जनाएको छ । यस्तै, उपत्यकाबाहिर बिराटनगर गोल्छाचोक, इटहरी, जनकपुर, बिरगञ्ज (आदर्शनगर), पोरखा रत्नचोक, नेपालगञ्ज, भैरहवा र धनगढी शाखा कार्यालय खुला रहने जनाएको छ ।

तिहार बिदामा बैंकले १० बजे.देखि साढे १ बजेसम्म सेवा प्रदान गर्नेछ । तिहार बिदामा खुला रहने शाखा कार्यालयबाट निक्षेप जम्मा, १ लाख रुपैयाँसम्मको चेक भुक्तानी र २५ हजार रुपैयाँसम्मको रेमिट्यान्स भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले तिहार बिदामा कोशी प्रदेशका इटहरी, धरान, विराटनगर, विर्तामोड शाखाबाट सेवा दिनेछ । यस्तै मधेश प्रदेशका वीरगञ्ज (आदर्शनगर), जनकपुर शाखाबाट सेवा दिनेछ ।

यस्तै, बागमती प्रदेशमा (उपत्यकाभित्र) हात्तीसार, गैह्रीधारा, भक्तपुर, पुल्चोक महांकाल, पेप्सकोला, लगनखेल पाटन हस्पिटल, कालिमाटी, तिनकुने, सुकेधारा शाखा र उपत्यका बाहिर नारायणघाट (लायन्स चोक) शाखाबाट सेवा दिनेछ । यस्तै, गण्डकी प्रदेशमा पोखरा न्यूरोड र चिप्लेढुंगा, लुम्बिनी प्रदेशमा कोहलपुर, योगीकुटी, मणीग्राम, रामपुर, नेपालगंज (कारकाँदो चोक, तुल्सीपुर, पकडी शाखाबाट सेवा दिने बैंकको भनाइ छ ।

कर्णाली प्रदेशमा वीरेन्द्रनगर, सुर्खेत, खलङ्गा र सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर, धनगढी (एलएन चोक, शहिदगेट) शाखाबाट सेवा दिने बैंकले बताएको छ । यस दिन बैंकले बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले तिहार बिदामा कात्तिक १६ गते शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकले सो दिन बागमती प्रदेशका चाबहिल, लाम्पिाट र पुल्चोक शाखाबाट सेवा दिने भएको हो ।

साथै, बीरगञ्ज भन्सार कार्यालय, आईसीडी तथा आईसीपी र नेपागञ्ज भन्सार कार्यालयको ताकिाल अनुसार सञ्चालनमा रहनेछन् भने राजस्व काउन्टर सरकारको निर्णय अनुसार खुला रहनेछन् ।

साथै बैंकका शाखाबाट नेपाली रुपैयाँ नगद भुक्तानी र निक्षेप, आरटिीजीएस, विदेशी मुद्रा विनिमय सुविधा उपलब्ध रहेको जनाएको छ । यसदिन बैंकले बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा दिनेछ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले तिहारका दिनमा पनि सेवा दिने गरी खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले बिदाको समयमा बिहान १० बजेदेखि १ बजेसम्म सेवा दिनेछ भने टीकाको दिन खुला रहने शाखाले १ बजेदेखि ३ बजेसम्म सेवा दिनेछ ।

कोशी प्रदेशका गाईघाट, धुलाबारी, बुद्धबारे, झुम्का, विराटचोक, ट्राफिक चेक विराटनगर, बिर्तामोड, दमक, इनरुवा, कञ्चनबारी, तिनपैनी शाखा, मधेश प्रदेशका वीरगञ्ज, राजविराज, जनकपुर, गोलबजार लालबन्दी गौर, जनकपुर स्टेशन रोड, लहान, जनकपुर शाखा कार्यालय खुला रहने जनाएको छ ।

बागमती प्रदेशका न्यूरोड, ढुङ्गेअड्डा, कुलेश्वर, बनस्थली, अनामनगर, कमलादी, चाबहिल, चाबहिल चोक, नक्साल, गोङ्गबु, सिनामंगल, तिनकुने, पानीपोखरी, गोठाटार, कुपोण्डोल, जावलाखेल, बनेपा, हेटौंडा बैंक रोड, भरतपुर, पर्सा, जोरपाटी, सानो गौचरण, कुमारीपाटी, गीतानगर, माडी, पनौती, ठिमि, लोकन्थली, खोले सिमल, शहिदचोक, शंखमुल, महारजगंज, लगनखेल, सातदोबाटो, सूर्यविनायक, बेल्चोक, कान्तिपथ, ठमेल, सुन्धारा काठमाडौं, बालाजु माछापोखरी, कोटेश्वर, टाँडी, नारायाणगढ, बाफल कलंकी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, क्षेत्रपाटी, चारखाल, डिल्लीबजार, तिनकुने, ज्ञानेश्वर, बालाजु औद्योगिक क्षेत्र, थानकोट, सानो गौचरण, कमलबिनायक शाखा कार्यालय खुला रहनेछन् ।

यस्तै, गण्डकी प्रदेशका बाग्लुङ्ग, सभागृह चोक, बेसीसहर, दमौली, गैडाकोट, चिप्लेढुंगा, अमरसिंह चोक, कावासोती, न्यूरोड पोखरा, दलदले शाखा, लुम्बिनी प्रदेशका, मिलनचोक बुटवल, नयाँ मिल, भैरहवा, गल्लामण्डी, नेपालगञ्ज धम्बोजी, लिवाङ, तुलसीपुर, तम्घास, तानसेन, कपिलबस्तु, ञिभुवनचोक नेपालगञ्ज, बुटवल, लखनपार्क घोराही, भैरहवा नारायणथान, घोराही, पुष्पलालचोक नेपालगञ्ज, बुटवल मेन, बुटवल राम मन्दीर लाइन, घोराही बी, रामपुर पाल्पा, तम्घास, तानसेन शाखा कार्यालय खुला रहनेछन् ।

यस्तै, कर्णाली प्रदेशका दैलेख, थारमारे, सुर्खेत बी शाखा र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा बलिया, महेन्द्रनगर, क्यापसरोड चोक धनगढी, धनगढी मेनरोड, अत्तरिया, टिकापुर, दार्चुला र बेलौरी शाखा कार्यालय खुला रहने बैंकले जनाएको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले तिहार बिदामा सातै प्रदेशमा विभिन्न शाखा कार्यालयबाट सेवा दिने जनाएको छ । कोशी प्रदेशका दमक २ धरान २ विराटनगर, रोडशेष चोक, बिर्तामोड ईटहरी शाखा, मधेश प्रदेशका विरगंज १, बागमति प्रदेशका हिटी दरबार, पाटन, न्यूरोड, सिटिसि, भक्तपुर, महाराजगंज, भरतपुर, हेटौडा, टेकु, स्वयम्भू, नयाँ बानेश्वर १, कौशलटार, नारायणगढ शाखा खुला रहने बैंकले जनाएको छ ।

यस्तै, गण्डकी प्रदेशका पोखरा १, लुम्बिनी प्रदेशका बुटवल, भैरहवा, नेपालगंज शाखा, कर्णाली प्रदेशका सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशका धनगढी १, लम्की र धनगढी २ शाखा खुला रहनेछन् । तिहार बिदा अवधिभर रकम जम्मा, चेक भुक्तानी र रेमिटेन्स भुक्तानी सेवा उपलब्ध रहेको बैंकले जनाएएको छ ।

कुमारी बैंक

कुमारी बैंकले तिहार बिदामा १० बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा दिने भएको छ । बैंकले कोशी प्रदेशका बिर्तामोड, विराटनगर, शाखा, मधेश प्रदेशका लहान, महेन्द्रनगर, वीरगञ्ज, जनकपुर शाखा, बागमति प्रदेशका पुतलीसडक, कुमारीपाटी, बनेपा, शहीदचोक नारायणगढ शाखा खुला राख्ने जनाएको छ ।

यस्तै, गण्डकी प्रदेशका चिप्लेढुङ्गा, कावासोती, पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशका सिद्धार्थनगर, ट्राफिकचोक बुटवल, तुल्सीपुर, नेपालगञ्ज सुर्खेतरोड, शुक्रपथ, लमही शाखा, कर्णाली प्रदेशका सुर्खेत र विरेन्द्रनगर शाखा, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर अत्तरिया, पहलमानपुर र धनगढी शाखा खुला रहने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले तिहार बिदामा विभिन्न शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकले कोशी प्रदेशको बिराटनगर सुख्खाबन्दरगाह, मधेश प्रदेशको श्रीपुर, बागमती प्रदेशमा ग्वार्काे, गण्डकी प्रदेशमा लेकसाइड, लुम्बिनी प्रदेशमा ाजमार्ग चौराह, कर्णालीमा वीरेन्द्रनगर र सुदूरपश्चिममा अत्तरिया शाखाबाट बैंकिङ सेवा दिने जनाएको छ । बैंकका अनुसार कात्तिक १५ र १६ गते खुला रहने छन् भने बिहान १० बजेदेखि १ बजेसम्म सेवा प्रवाह हुनेछ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले तिहार बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका दिन पनि सेवा दिने भएको हो । यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले तिहार बिदामा दरबारमार्ग, न्यूरोड, कुमारीपाटी, कोटेश्वर, भैँसेपाटी, बिरगञ्ज, विराटनगर, पोखरा न्यूरोड, नारायणगढ, विद्यापाटी चोक, गाइघाट, राजविराज र सुर्खेत शाखा खुला रहने जनाएको छ । तिहार बिदामा बैंकले बिहान ११ बजेदेखि २ बजेसम्म बैंकिङ प्रदान गर्नेछ । 

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले तिहार बिदामा बत्तिसपुतली, विराटनगर, गोंगबु, इटहरी, थापाथली, कञ्चनरुप, बनेपा, राजविराज, कमलविनायक, आदर्शनगर, ठिमी, नक्साल, नारायणगढ, सतुंगल, बगर, स्वयम्भु, लुम्बिनी, नयाँ बजार पोखरा, पाल्पा, दमौली शाखाबाट सेवा दिनेछ । यस्तै, बुटवल, परासी, मनिग्राम, नेपालगंज, भैरहवा, अत्तरीया बर्दघाट, धनगढी, कञ्चनबारी, सिराहा, जनकपुर, महाराजगञ्ज र राजपुर शाखाबाट सेवा दिनेछ ।

प्राइम बैंक

नबिल बैंक

एनआईसी एशिया बैंक

सानिमा बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंक
सिद्धार्थ बैंक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

एक्सल डेभलपमेन्ट बैंक

ज्योति विकास बैंक

कामना सेवा विकास बैंक

महालक्ष्मी विकास बैंक

मुक्तिनाथ विकास बैंक

साग्रिला डेभलपमेन्ट बैंक

Share News