नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त

<p>काठमाडौं । नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोजकुमार ज्ञवाली नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएका छन् । उनी कार्तिक ११ गतेदेखि लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त भएका हुन् । आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिङ क्षेत्रमा २ दशकभन्दा लामो अनुभव रहेको छ । उनी एक कुशल बैंकर हुन् । [&hellip;]</p>

काठमाडौं । नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोजकुमार ज्ञवाली नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएका छन् ।

उनी कार्तिक ११ गतेदेखि लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त भएका हुन् ।

आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिङ क्षेत्रमा २ दशकभन्दा लामो अनुभव रहेको छ ।

उनी एक कुशल बैंकर हुन् ।

नेपाल राष्ट्र बैंकमा उनले वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा विशेषज्ञता प्रदर्शन गरेका छन् ।

Share News