राति १० बजे हुइँकिरहेको बसमा लाखौंको सुन भेटिएपछि…

<p>काठमाडौं । सोमबार राति १० बजे । बुटबलस्थित पूर्व पश्चिम राजमार्गमा लु.२ ख.६५४२ नम्बरको बस आफ्नै रफ्तारमा हुइँकिदै थियो । प्रहरीले एक्कासी सो बसलाई रोक्यो । बसमा खानतलासी गर्दा साढे ४९ लाख मूल्य बराबरको २९ तोला सुन बसमा भेटियो । मूल्य आकाशिरहेको बेला सार्वजनिक बसमा २९ तोला सुन भेटिनुलाई प्रहरीले अस्वाभाविक ठान्यो र बसका कन्डक्टर [&hellip;]</p>

काठमाडौं । सोमबार राति १० बजे । बुटबलस्थित पूर्व पश्चिम राजमार्गमा लु.२ ख.६५४२ नम्बरको बस आफ्नै रफ्तारमा हुइँकिदै थियो । प्रहरीले एक्कासी सो बसलाई रोक्यो । बसमा खानतलासी गर्दा साढे ४९ लाख मूल्य बराबरको २९ तोला सुन बसमा भेटियो ।

मूल्य आकाशिरहेको बेला सार्वजनिक बसमा २९ तोला सुन भेटिनुलाई प्रहरीले अस्वाभाविक ठान्यो र बसका कन्डक्टर र अन्य एक जनालाई नियन्त्रणमा लियो ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार राजस्व छली गरी अवैध रूपमा सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा सुन भेटिएको हो । पक्राउ पर्नेम बसका कण्डक्टर कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ बस्ने वर्ष ३३ को अकबर अलि मिया रहेको बुझिएको छ ।

मियाले दायाँ खुट्टाको जुत्ताभित्र खैरो रातो बुट्टे लेडिज ब्यागमा लुकाएको अवस्थामा बिस्कुट आकारको दुई थान सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले मियासहित अर्घाखाँची सुनचादी पसलका सञ्चालक सन्तोष सुनार समेतलाई पक्राउ गरी थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको बुझिएको छ । पछिल्लो समय सुनको मूल्य बढिरहेको बेला भारतबाट सुन तस्करी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Share News