काठमाडौं । राजस्व चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन्।
भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुख सहित उच्च पदस्थ अधिकारीहरू संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेको हो।
बैठकले अन्तर विभागीय समन्वय बढाउने र आपसमा सूचना आदान प्रदान तथा सहकार्यलाई थप मजबुत बनाउने समेत निर्णय गरेको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले राजस्व वृद्धि भएको दाबी गरिएकाे छ ।