दाहालसहित माओवादीका १३ नेताविरुद्ध अख्तियारमा उजुरी

<p>काठमाडौं । युवराज पौडेल &#8216;सफल&#8217;ले माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी हालेका छन् । सफलले माओवादी लडाकु शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाबारे छानविन गर्न माग गर्दै उजुरी हालेका हुन् । उजुरीमा राज्यकोषबाट माओवादीले ४ अर्ब हिनामिना गरेको देखिने भएकाले [&hellip;]</p>

काठमाडौं । युवराज पौडेल ‘सफल’ले माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी हालेका छन् ।

सफलले माओवादी लडाकु शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाबारे छानविन गर्न माग गर्दै उजुरी हालेका हुन् ।

उजुरीमा राज्यकोषबाट माओवादीले ४ अर्ब हिनामिना गरेको देखिने भएकाले उनीहरूलाई पक्राउ गरी हदैसम्मको कारवाही माग गरिएको छ ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौतापछि लडाकु समायोजन र अवकाशका लागि सरकारी कोषबाट ६ वर्षको अवधिमा झण्डै २० अर्ब रुपैयाँ खर्च भएको थियाे ।

यो रकमबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन थालेको बताएपनि पछि सामसुम पारिएको थियो ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले ५५ करोड बेरुजु देखाएको थियो । करिब ४ अर्ब माओवादी नेतृत्वले हिनामिना गरेको आरोप लाग्दै आएको छ ।

लडाकु शिविरमा घोटाला भएको प्रसंग पटक-पटक उठेपछि माओवादी अध्यक्ष दाहालले क्यान्टाेनमेन्टमा दोषी देखिए जेल जान तयार रहेको बताएका थिए ।

उजुरी पढ्नुहोस्

[pdf id=519793]

Share News