एनपीएल घटेपछि ग्रामीण विकास लघुवित्तको नाफा ३०.६० प्रतिशत बढ्यो

<p>काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा ८ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा लघुवित्तको नाफा ३०.६० प्रतिशत बढेको हो । असोज मसान्तसम्म लघुवित्तले ३२ [&hellip;]</p>

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा ८ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा लघुवित्तको नाफा ३०.६० प्रतिशत बढेको हो ।

असोज मसान्तसम्म लघुवित्तले ३२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा २५ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आवको तीन महिनाका लघुवित्तको नेट पि एण्ड कमिसन आम्दानी ३ करोड ३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३५ करोड २६ लाख रुपैयाँ, सञ्चालन नाफा १५ करोड ४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ, जगेडा कोष १ अर्ब ७५ करोड रुपैयाँ छ भने ३ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

नफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ६.८५ रुपैयाँबाट बढेर ८.९५ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २५४.८८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २१.७६ गुणा रहेको छ ।

यसअवधिमा लघुवित्तले खराब कर्जा (एनपीएल) स्वाट्टै घटाएको छ । गत वर्ष ११.५ प्रतिशत रहेको खराब कर्जा असोजमा ४.७८ प्रतिशतमा झारेको छ । लघुवित्तको आधार दर ११.४८ प्रतिशत छ भने कस्ट अफ फण्ड ८.७३ प्रतिशत रहेको छ ।

Share News