काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन बढी बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ । नेपाल राष्ट्र बैंकको नीतिनियम पालना नगर्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कारवाही गरेको हो ।
कारवाहीमा परेका अधिकांश संस्थाले आफ्नो वासलात तथा नाफा नोक्सान हिसाबको विवरण राष्ट्र बैंकमा ढिलो पेस गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानुनी तथा राष्ट्र बैकको नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेको बुझिएको छ ।
यस्तै, ग्राहकबाट उच्च ब्याज लिने तथा ऋणी ग्राहकसँगको मिलेमतोमा संस्थामा नै खोलिएका खाताहरूमार्फत आर्थिक कारोबारमा पटक–पटक संलग्न भएको पाइएकोले कारबाही गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
सिन्धु विकास बैंकका अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरू र प्रमुख कार्यकारी अधिकृतलाई पनि राष्ट्र बैंकले कारबाही गरेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा-नोक्सान हिसाबको विवरण यस बैंकसमक्ष ढिलो पेस गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभासमेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानुनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेको देखिएकाले संस्थाको अध्यक्ष र सञ्चालक समिति सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको उल्लेख छ ।
राष्ट्र बैंकले सालपा विकास बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई पनि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा यस बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा नोक्सान हिसाबको बिवरण यस बैंकसमक्ष ढिलो पेस गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानुनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको उल्लेख गरेको छ ।
मितेरी डेभलपमेन्ट बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत पनि कारबाहीमा परेका छन् । यस बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं. १५ को बुँदा नं. (४) मा भएको व्यवस्था विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशतभन्दा बढी कायम गरी उक्त नियामकीय व्यवस्था उल्लङ्घन गरेको देखिएकोले संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको उल्लेख छ ।
जानकी फाइनान्स कम्पनी पनि कारवाहीमा परेको छ । सो संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले कारवाही गरेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा यस बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा/नोक्सान हिसाबको बिवरण यस बैंकसमक्ष ढिलो पेस गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभासमेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानुनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले गोर्खाज फाइनान्सलाई पनि कारवाही गरेको छ । संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।
राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा संस्थाका सञ्चालक तथा कर्मचारीहरू वित्तीय स्वार्थ रहेको ग्राहकसँगको कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुनु हुँदैन भन्ने व्यवस्था रहेकोमा सो व्यवस्था विपरीत हुनेगरी संस्थाको कर्मचारी तथा संस्थाको तत्कालीन अध्यक्ष/सञ्चालक संस्थाको ऋणी/ग्राहकसँग संस्थामा नै खोलिएका खाताहरूमार्फत आर्थिक कारोबारमा पटक-पटक संलग्न भएको पाइएको र तत्कालीन अध्यक्ष/सञ्चालकले निज संलग्न रहेको सहकारी संस्थाको कर्मचारीलाई विभिन्न कर्जा प्रदान गरी निजहरू0सँग पटक/पटक आर्थिक कारोबार गरेको पाइएको तर त्यस्तो कैफियतजन्य कार्य भइरहँदा समेत व्यवस्थापन तथा सञ्चालक समितिले निगरानीको कार्यलाई चुस्त नराखेको तथा बोर्ड ओभरसाइट कमजोर रहेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको उल्लेख छ ।
प्रोग्रेसिभ फाइनान्स कम्पनीलाई पनि राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र बैंकले सो फाइनान्सको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा-नोक्सान हिसाबको विवरण यस बैंकसमक्ष ढिलो पेस गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभासमेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानुनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको उल्लेख छ ।
राष्ट्र बैंकले रिलायन्स फाइनान्सलाई पनि कारबाही गरेको छ । संस्थाले मिति २०८१ भदौ २३ गतेदेखि २०८१ असोज ०५ सम्मको अवधिमा नियामकीय व्यवस्थाअनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम चालु आर्थिक वर्षमा पहिलो पटक कायम नगरेको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी इ.प्रा. निर्देशन नं.१३/०८० को बुँदा नं १ को उपबुँदा ३, ४ र ५ तथा इ.प्रा. निर्देशन नं. २१/८० को बुँदा नं. ७ (संशोधन समेत) मा भएको ब्यवस्था बमोजिम संस्थालाई ११ हजार २२७ रुपैयाँ नगद जरिवाना गराइएको छ ।