राजस्व संकलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार

<p>वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय राजस्व संकलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा ३८ अर्ब ८८ करोड २७ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्ला तीन महिनामा राजस्व संकलनमा केही वृद्धि भए पनि लक्ष्य हासिल गर्न नसकिएको बताए [&hellip;]</p>

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय राजस्व संकलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा ३८ अर्ब ८८ करोड २७ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्ला तीन महिनामा राजस्व संकलनमा केही वृद्धि भए पनि लक्ष्य हासिल गर्न नसकिएको बताए । ‘साउनयता मासिक लक्ष्यअनुसार राजस्व संकलननमा केही वृद्धि भइरहेको छ,’ उनले भने । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने करिब तीन करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ ।

भन्सार कार्यालयले गत आव २०८०/८१ को तीन महिनाको अवधिमा भने ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयले चालु आवको साउनमा मासिक लक्ष्यको ७२ प्रतिशत अर्थात् १२ अर्ब १६ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गर्‍यो। दोस्रो महिना भदौमा भने मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात् १३ अर्ब २३ करोड ९८ लाख राजस्व संकलन गरेको छ । चालु आवको तेस्रो महिना असोजमा मासिक लक्ष्यको ७७ प्रतिशत अर्थात् १३ अर्ब ४७ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार कार्यालयले गत आवको साउनमा भने मासिक लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आवको दोस्रो महिनामा मासिक लक्ष्यको ६५ दशमलव ५९ प्रतिशत अर्थात् १२ अर्ब ७१ करोड २२ लाख रुपैयाँ राजस्व उठाएको थियो । यसैगरी, गत आवको तेस्रो महिना असोजमा भने मासिक लक्ष्यको ६५ दशमलव ३५ प्रतिशत अर्थात् १४ अर्ब २७ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

Share News