भट-भटेनीका सञ्‍चालक गुरुङले दान दिएको जग्गामा एमालेको नयाँ कार्यालय बन्ने, शिलान्याश गरियो

<p>काठमाडौं। एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्याश गरिएको छ । कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित भवनको शिलान्याश गरिएको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्याश गरेका हुन् । उक्त भटभटेनीका सञ्&#x200d;चालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले एमाले पार्टी कार्यालय बनाउनका लागि दान दिएको एमालेका महासचिव शंकर पोखरेलले बताए । उनका अनुसार [&hellip;]</p>

काठमाडौं। एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्याश गरिएको छ । कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित भवनको शिलान्याश गरिएको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्याश गरेका हुन् । उक्त भटभटेनीका सञ्‍चालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले एमाले पार्टी कार्यालय बनाउनका लागि दान दिएको एमालेका महासचिव शंकर पोखरेलले बताए ।

उनका अनुसार गुरुङ दम्पतीले दिएको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक भवन बन्नेछ ।

एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।

Share News