यात्रुले हवाईजहाजको ‘इमरजेन्सी ढोका’ खोलेपछि….

<p>काठमाडौँ । यात्रुले हवाईजहाजको इमरजेन्सी डोर (आपतकालिन ढोका) खोलि दिएका छन् । आज बिहिबार बिहान विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयरको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका हुन् । यात्रुले ढोका खोलिदिए पछि उडान प्रक्रियालाई नै अवरुद्ध गरि उडान तालिकालाई थप प्रभावित बनाएको कम्पनीले जनाएको छ । विगत केही साता यता यात्रुले हवाईजहाजका इमरजेन्सी डोर खोलेका घटना [&hellip;]</p>

काठमाडौँ । यात्रुले हवाईजहाजको इमरजेन्सी डोर (आपतकालिन ढोका) खोलि दिएका छन् । आज बिहिबार बिहान विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयरको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका हुन् ।

यात्रुले ढोका खोलिदिए पछि उडान प्रक्रियालाई नै अवरुद्ध गरि उडान तालिकालाई थप प्रभावित बनाएको कम्पनीले जनाएको छ ।

विगत केही साता यता यात्रुले हवाईजहाजका इमरजेन्सी डोर खोलेका घटना सार्वजनिक भएका थिए । २ अक्टुबरका दिन विराटनगरबाट काठमाडौं, ७ अक्टुबरका दिन नेपालगञ्जबाट काठमाडौं उडानमा रहेको एयरको इमरजेन्सी ढोका यात्रुले खोलेका थिए ।

जनकपुर विमानस्थलको अनुकुल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो । जहाज विराटनगर विमानस्थलमा हुँदा इमरजेन्सी ढोका यात्रुले खोलेका हुन्। जहाजलाई बुध्द एयरको टेक्निकल टिमले थप चेकजाँच गरिरहेको जनाइएको छ ।

आपतकालिन ढोकाको प्रयोगबारे विमानका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी दिएका हुन्छन् । आपतकालिन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ ।

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरि जन्मकैदसम्म सजायँ हुने प्रावधान रहेको छ ।

Share News