दशैंमा पनि मानव अधिकार आयोग खुला रहने

<p>काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दशैं अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ । आयोगले आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमाझैँ यस वर्ष पनि बिदाका दिनमा कार्यालय खुला राख्ने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए । आयोगले यस अवधिमा [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दशैं अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ ।

आयोगले आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमाझैँ यस वर्ष पनि बिदाका दिनमा कार्यालय खुला राख्ने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।

आयोगले यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतिका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ ।

Share News