निगमले फूलपातीका दिन काठमाडौं-भैरहवा उडान गर्ने, भाडा ७ हजार

<p>काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ । फूलपातीको दिन ए ३२० जहाजले काठमाडौं-भैरहवा उडान भर्ने निगमले जनाएकाे छ । निगमका प्रवक्ता रमेश पौडेलले पर्वकाे अवसरमा आन्तरिक उडानमा परेकाे चापलाई कम गर्न न्याराेबडी सञ्चालन गर्न लागिएकाे जानकारी दिए । आन्तरिक उडानमा यात्रुका लागि न्यारोबडीले [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ ।

फूलपातीको दिन ए ३२० जहाजले काठमाडौं-भैरहवा उडान भर्ने निगमले जनाएकाे छ ।

निगमका प्रवक्ता रमेश पौडेलले पर्वकाे अवसरमा आन्तरिक उडानमा परेकाे चापलाई कम गर्न न्याराेबडी सञ्चालन गर्न लागिएकाे जानकारी दिए ।

आन्तरिक उडानमा यात्रुका लागि न्यारोबडीले पहिलोपटक उडान अनुमति पाएको हो।

निगमकाे वेबसाइट वा मोबाइलबाट समेत अनलाइन टिकट लिन सकिन्छ ।

 

 

Share News