साढे ११ करोडको सुनसहित हेटौंडाबाट २ जना पक्राउ

<p> हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट ११ करोड रुपैयाँ बढीको सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्रका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको [&hellip;]</p>

 हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट ११ करोड रुपैयाँ बढीको सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत महाराष्ट्रका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको हो ।

शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरी टोलीले रातोमाटे चेकपोष्टमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

उनका अनुसार उक्त सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार रुपैयाँ हुन्छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका दुवै जना यसअघि पनि सुन कारोबारमा संलग्न रहेको बुझिएको छ ।

Share News