
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला एक लाख ६१ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला तीस रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार नौ सय ८० रुपैयाँ निर्धारण भएको छ ।