कामना सेवा विकास बैंकको सेयर १ सय रुपैयाँ किन्ने मौका

<p>काठमाडौं । कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार संस्थापक समूहको ३५ हजार ५३४ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको सेयरमा सर्वसाधारण समेतले आवेदन दिन सक्नेछन् । बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज १८ गतेदेखि असोज २१ [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेका हुन् ।

बैंकका अनुसार संस्थापक समूहको ३५ हजार ५३४ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको सेयरमा सर्वसाधारण समेतले आवेदन दिन सक्नेछन् ।

बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज १८ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको सेयरमा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । त्यसैले आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

Share News