ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौंका ४ वटा रेस्टुरेन्टमा छुट

<p>काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरूलाई काठमाडौंका ४ विभिन्न रेस्टुरेन्टहरूमा विशेष छुट हुने भएको छ । बैंकले काठमाडौंमा रहेका चार विभिन्न प्रख्यात रेस्टुरेन्टहरूमा बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत, बैंकले कमलपोखरीस्थित अचार घर दरबारमार्गस्थित महोत्सव रेन्टुरेन्ट एण्ड बार हात्तीसारस्थित नेपाल हाउस एण्ड रेन्टुरेन्ट बार तथा कमलादीस्थित क्याफे लाइन हार्ट तन्दुरी [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरूलाई काठमाडौंका ४ विभिन्न रेस्टुरेन्टहरूमा विशेष छुट हुने भएको छ । बैंकले काठमाडौंमा रहेका चार विभिन्न प्रख्यात रेस्टुरेन्टहरूमा बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौताअन्तर्गत, बैंकले कमलपोखरीस्थित अचार घर दरबारमार्गस्थित महोत्सव रेन्टुरेन्ट एण्ड बार हात्तीसारस्थित नेपाल हाउस एण्ड रेन्टुरेन्ट बार तथा कमलादीस्थित क्याफे लाइन हार्ट तन्दुरी किचेनमा बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन् ।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै, ग्राहकहरूले एक वर्षको अवधिसम्म यी रेस्टुरेन्टहरूमा स्वादिष्ट परिकारहरूको साथ छुटको लाभ उठाउन पाउने बैंकले जनाएको छ ।

Share News