दुर्गालाई हुनसक्छ पाँच वर्ष कैद र एक लाख जरिवाना, बैंकरदेखि सरकारको पनि बनेका थिए ‘टाउको दुखाइ’

<p>काठमाडौं । समाजमा अराजक अभिव्यक्ति दिँदै आएका विवादित मेडिकल व्यवसायी दुगाई प्रसाईं अन्ततः पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट  पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको चार दिनपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ब्युरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले रास्वपाकी एक नेतृले प्रसाईंविरुद्ध जाहेरी [&hellip;]</p>

काठमाडौं । समाजमा अराजक अभिव्यक्ति दिँदै आएका विवादित मेडिकल व्यवसायी दुगाई प्रसाईं अन्ततः पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट  पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको चार दिनपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ब्युरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले रास्वपाकी एक नेतृले प्रसाईंविरुद्ध जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । व्यक्तिगत आक्षेप लगाउँदै गाली गलौज गरेपछि ती नेतृले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

अवस्थीका अनुसार उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने तयारी छ ।

सो ऐनका दफा ४७ मा कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ ।

प्रसाईंले लामो समयदेखि समाजमा अराजकता फैलाउने किसिमका अभिव्यक्ति दिँदै आएका थिए ।

उनले ‘बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने, बैंकरलाई कालोमोसो दल्ने, उद्योगी व्यवसायी चोर हुन्’ भन्ने लगायतका अराजक किसिमका अभिव्यक्ति दिएर समाजलाई भड्काउने काम गर्दै आएका थिए ।

उनले नेताहरू सबै भ्रष्टाचारी हुन् भन्ने लगायतका अभिव्यक्ति दिँदै सरकारलाई आफूलाई पक्राउ गरेर देखाउन चुनौती पनि दिँदै आएका थिए ।

Share News