सरकार र निजी क्षेत्र मिलेर व्यवस्थित सहर बनाउन अघि बढ्नुपर्छ : प्रकाशमान सिंह

<p>काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढिरहेको बताएका छन् । आइतबाचर सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएक हुन् । उनले घरजग्गा व्यवसायमा रहेका समस्याहरू पहिचान गर्नुपर्ने र नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए । सहर व्यवस्थापनमा भएका समस्याहरू पहिचान [&hellip;]</p>

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढिरहेको बताएका छन् ।

आइतबाचर सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएक हुन् ।

उनले घरजग्गा व्यवसायमा रहेका समस्याहरू पहिचान गर्नुपर्ने र नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।

सहर व्यवस्थापनमा भएका समस्याहरू पहिचान गरी व्यवस्थित गर्ने काम भइरहेको उनले जानकारी दिए ।

सिंहले सहरको विकास गर्ने क्रममा सरकार मात्रै नभइ निजी क्षेत्रलाई पनि समावेश गरिने बताए । उनले सरकार र निजी क्षेत्रहरू सबै मिलेर व्यवस्थित र स्वच्छ सहर बनाउनेगरी, अर्थतन्त्र चलायमान बन्नेगरी अघि बढ्न आवश्यक रहेकाेमा जाेड दिए ।

कार्यवाहक प्रधानमन्त्रीसँगको भेटपछि नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले सहरी ऐन चाँडो भन्दा चाँडो ल्याउनुपर्ने माग गरेको बताए ।

उनले २०६२ सालदेखि पटकपटक सहरी ऐन ल्याउने क्रममा विगत १८ वर्षमा धेरै प्रयास भएपनि ऐन आउन नसकेको गुनासाे पाेखे ।

उनले जग्गा तथा आवास विकास निजी क्षेत्रको सहकार्यमा गर्ने प्रतिवद्धता भइसकेकाले ल्याण्ड पुलिङ, हाउजिङ पुलिङजस्ता विषय निजी क्षेत्रको सहभागितामा गराउनुपर्ने माग गरेको बताए ।

विदेशीलाई २० प्रतिशतसम्म अपार्टमेण्टहरू खरिद गर्न पाउने व्यवस्था पटक पटक पास गरेपनि कार्यान्वयनमा नआएको भन्दै उनले कार्यवाहक प्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराए ।

अध्यक्ष लोहनीले हालसम्म ७२ वटा अपार्टमेण्ट रहेको उल्लेख गर्दै अपार्टमेण्टका कमन स्पेस र ल्याण्ड्ज डेभलपरहरूकै नाममा झुण्डिएर रहेको भन्दै आवास धनीहरुको नाममा ट्रान्सफर हुनुपर्ने माग गरे ।

Share News