सुनको मूल्य हालसम्मकै उच्च

<p>काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजार सात सय [&hellip;]</p>

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजार सात सय रुपैयाँले वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा दुई हजार एक सय रुपैयाँले वृद्धि भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय २० रुपैयाँ निर्धारण भएको छ ।

Share News