सरकारले गर्‍यो करिब १२ सय कर्मचारीको सरुवा

<p>&nbsp; काठमाडौं । सरकारले करिब १२ सय कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक हप्ताका बीचमा ठूलो संख्यामा कर्मचारीहरूकाे सरुवा गरेकाे हाे । मन्त्रालयले जारी गरेकाे विवरणअनुसार ६ सय ४६ जना नासु र खरिदार, ५३७ जना इन्जिनियरसहित शाखा अधिकृतहरूको सरुवा भएको छ । यसैगरी, ७० जना उपसचिहवरूको पनि सरवा भएको [&hellip;]</p>

 

काठमाडौं । सरकारले करिब १२ सय कर्मचारीको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक हप्ताका बीचमा ठूलो संख्यामा कर्मचारीहरूकाे सरुवा गरेकाे हाे ।

मन्त्रालयले जारी गरेकाे विवरणअनुसार ६ सय ४६ जना नासु र खरिदार, ५३७ जना इन्जिनियरसहित शाखा अधिकृतहरूको सरुवा भएको छ ।

यसैगरी, ७० जना उपसचिहवरूको पनि सरवा भएको छ ।

प्रशासन मन्त्रालयले कर्मचारीहरूको नियमित सरुवा गरेको हो । मन्त्रालयले बुधबार राति सरुवा विवरण सार्वजनिक गरेकाे हाे ।

मन्त्रालयले निजामती सेवा नियमावली अनुसार प्रत्येक वर्षको भदौ महिनामा सरुवा गर्दै आइरहेकाे छ ।

[pdf id=511058]

 

Share News