नेपाल वेयर हाउजिङ ८ करोड नोक्सानीमा, यस्तो छ आगामी योजना

<p>काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले गत वर्ष ८ करोड रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । आर्थिक वर्ष सम्पन्न भएको ३ महिनापछि वित्तीय विवरण सार्वजनिक गरेको यस कम्पनीको नाफा गत वर्ष ८ करोड ३० हजार रुपैयाँ ऋणात्मक रहेको छ । जबकी अघिल्लो वर्ष कम्पनी ४ करोड १० लाख ५० हजार रुपैयाँ मात्रै नोक्सानी बेहोरेको थियो [&hellip;]</p>

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले गत वर्ष ८ करोड रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । आर्थिक वर्ष सम्पन्न भएको ३ महिनापछि वित्तीय विवरण सार्वजनिक गरेको यस कम्पनीको नाफा गत वर्ष ८ करोड ३० हजार रुपैयाँ ऋणात्मक रहेको छ । जबकी अघिल्लो वर्ष कम्पनी ४ करोड १० लाख ५० हजार रुपैयाँ मात्रै नोक्सानी बेहोरेको थियो ।

गत वर्ष कम्पनीले १ करोड २७ लाख रुपैयाँ रेभिन्यू संकलन गरेको छ । अघिल्लो वर्ष कम्पनीले २६ लाख रुपैयाँ मात्रै रेभिन्यू संकलन गरेको थियो ।

गत वर्ष कम्पनीको अन्य आम्दानी २० लाख ७७ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ५ लाख ४७ हजार रुपैयाँ मात्रै आम्दानी थियो । अघिल्लो वर्ष ३२ लाख ४६ हजार रुपैयाँ कुल आम्दानी गरेको यस कम्पनीले गत वर्ष १ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्ष कम्पनीको प्रत्यक्ष सञ्चालन खर्च ९३ लाख १६ हजार रुपैयाँ, अन्य खर्च १ करोड रुपैयाँ र वित्तीय खर्च ३ करोड ३१ लाख रुपैयाँ गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.६४ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ८८.४६ रुपैयाँ छ ।

कम्पनीका अनुसार पुँजीगत कार्य भईरहेको सम्पतिमा विगतका तीन त्रैमासिक आर्थिक विवरण तयार गर्दा ब्याज खर्चलाई पुँजीकरण हुनुपर्नेमा नाफा नोक्सानीको हिसाबमा खर्च लेखिएकोले उक्त खर्चलाई यस त्रैमासिक ( असार) विवरणमा आवश्यक समायोजन गरिएको छ ।

विगत तीन त्रैमासिक विवरणमा सञ्चालनमा नआएका साइलो तथा सम्बन्धित उपकरणहरूमा ह्रास खर्च लिदाँ नाफा नोक्सानी हिसाबमा देखिएकोमा उक्त रकमलाई यस त्रैमासिक आर्थिक विवरणमा आवश्यक समायोजन गरिएको कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा यस कम्पनीले निर्माण गरेका सुनसरी इकाईको १५ हजार मेट्रिक टन बराबरको ३ वटै साइलो र पर्सा इकाईको २५ हजार मेट्रिक टन बराबरको ४ मध्य ३ वटा साइलोमा भण्डारण कार्यको सुरुवात भएको छ । पर्साको ७ हजार ५०० मेट्रिक टनको साइलोमा भण्डारको सुरुवात नभएको र कपिलवस्तुको १५ हजार मेट्रिक टनको ३ वटा साइलो निर्माण सम्पन्न हुने क्रममा रहेको कम्पनीले जनाएको छ ।

यी साइलोको निर्माण पश्चात कम्पनीको आय सोहि हिसाबले वृद्धि हुने छ । कम्पनीले अनाजको बोल कबोल गर्ने सम्बन्धि सरकारले नीतिगत व्यवस्था गर्ने अपेइाा रहेको कम्पनीको भनाइ छ । जसका लागि पूर्वाधार निर्माण गर्ने कम्पनीले बताएको छ । अन्नको धितोको सुरक्षणमा ऋण पर्दान गर्ने कार्यको लागि कम्पनीले विभिन्न बैंकहरूसँग सम्झौता गरेको छ । बैंकहरुले लगानी गर्न सुरुवात गरे पश्चात यस कम्पनीलाई धितो सुरक्षणको लागि छुट्टै आम्दानी हुने छ ।

Share News